
नयाँ विकल्प,
लमजुङ- लमजुङका ७४ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्लाका ७५ मध्ये ७४ वडाको अधिवेशन टुंगिएको हो।
६३ वडामा सर्वसम्मत र ११ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस लमजुङका सचिव हरिप्रसाद बरालले बताए। उनका अनुसार दुधपोखरी गाउँपालिका–५ कोल्कीमा आइतबार निर्वाचन हुँदैछ।
बेसीसहरको वडा नम्बर ३ र ८ ,दोर्दी गाउँपालिकाको १ भारते, राइनास नगरपालिका ९ र ४ , सुन्दरबजार नगरपालिका ३, ४ ,६, ७ ,९ नम्बर वडा र मध्यनेपाल नगरपालिका–४ मा निर्वाचनबाट नेतृत्व चयन भएको हो।
लमजुङमा चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय छन्। जिल्लामा आठ हजार तीन सय ६९ क्रियाशील सदस्य छन्।
नयाँ चार हजार तीन सय ३६ जना क्रियाशील सदस्य थप भएको सचिव बरालले बताए। पुराना चार हजार ३३ जनाले नवीकरण गरेको उनको भनाइ छ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...