
नयाँ विकल्प,
काठमाडौ – सरकारले सुकुम्बासी समस्या समाधान गर्न आयोग गठन गरेको छ ।
नेकपा एमाले केपी शर्मा ओली सरकारले गठन गरेको भूमि आयोगलाई वर्तमान सरकारले कार्यकालको सुरुवातमै सो आयोग विघटन गरेको थियो ।
राष्ट्रिय भूमि आयोगका नाममा गठित आयोगमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई अध्यक्ष नियुक्त गरिएको छ ।
मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।
उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको थियो । आयोगका नवनियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले २०७७ साल वैशाखमा एमाले नेता देवी ज्ञवालीको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो ।
आयोगले ७७ वटै जिल्लामा समिति गठन गरेर काम गरिरहेको अवस्थामा भंग गरिएको थियो ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...