पूर्वप्रधानमन्त्री भट्टराईदेखि प्रचण्डकी पत्नी र माधवका पीतालाई पदकः पत्रकारहरुले गरे अश्विकार – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

पूर्वप्रधानमन्त्री भट्टराईदेखि प्रचण्डकी पत्नी र माधवका पीतालाई पदकः पत्रकारहरुले गरे अश्विकार


काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आज असोज ३ गते संविधान दिवसको अवसर पारेर ९ सय बढीलाई मानपदवी, अलङ्कार र पदकद्धारा विभूषित गरिने भनी गरेको घोषणा बिबादमा परेको छ।


मानपदवी, अलङ्कार र पदकको लागि नाम घोषणा गरिएकाहरुसँग कुनै सल्लाह र सूचना समेत नदिई पुरस्कृत गरेको सूचनाले सरकारको आलोचना भएको छ। सत्ता गठबन्धनका नेताहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पितादेखि श्रीमतिसम्मको नाममा पदक बााँडेपछि यसको आचोचना भएको हो।

सातौ संविधान दिवसका अवसरमा सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालका पिता मंगलप्रसाद उपाध्याय नेपाललाई साहित्यकार भनी प्रबवल जनसेवाश्री दिने घोषणा गरिएको छ।

सत्तारुढ घटक नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बिरामी श्रीमती सीता दाहाललाई राजनीतिक अभियन्ता भन्दै प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिइएको छ। नेता नेपालका पिता मंगलप्रसाद उपाध्याय नेपाललाई मरणोपरान्त प्रवल जनसेवाश्री अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ।

डडेलधुरा घर भएका स्वर्गीय एनडीप्रकाश चटौतलाई प्रसिद्ध प्रबल जनसेवाश्री, स्वर्गीय आरडीप्रकाश चटौतलाई प्रबल जनसेवाश्री र डडेलधुराकै परशुराम नगरपालिकाका प्रमुख भिमबहादुर साउदलाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित गरिने भएको छ।

पदक बहिस्कार गरे पत्रकार

यसैबीच,पत्रकारहरु हरिबहादुर थापा, नारायण अमृत र रविन सायमीले पदक बहिस्कार गरेका छन्। ईकागज डट कमका सम्पादक हरिबहादुर थापाले सातौँ संविधान दिवसका अवसरमा पदक पाउनेको सूचीमा आफ्नो नाम परेकोमा सरकारलाई धन्यवाद दिँदै विगतमा आफूलाई पदकका लागि पटकपटक सोधिए पनि अस्वीकार गर्दै आएकोमा यस पटक भने सोध्दै नसोधी आफ्नो नाम राखेको प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले मानपदवी, अलंकार, पदकको विकृति, पदक पाउनेको सार्वजनिक सुयोग्यताबारे लामो समयदेखि प्रश्न उठाइरहेको भन्दै कोही किन पदक पाउँछ वा दिइन्छ भन्नेबारे विधि लोकतान्त्रिक र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।

सरकारले थापालाई सुप्रबल जनसेवाश्री पदको लागि १२ नम्बरमा सिफारिस गरेको थियो। थापाले सो पदक अश्वीकार गर्ने सार्वजनिक रुपमा जानकारी दिएका छन्।

यस्तै पत्रकार तथा नेपाल समय डट कमका सम्पादक नारायण अमृतले संविधान दिवसमा बिस्कुन बनाइने मानपदवी, विभूषण र अलंकार वितरणको अपारदर्र्शी प्रक्रियाप्रति आफू अहसमत हुँदै आइरहेको भन्दै विना खबर, विना प्रक्रिया र विना मापदण्ड वितरण गरिने यस्ता पुरस्कारमा दलीय भागबण्डाको स्पष्ट दपर्ण देखिएको प्रतिक्रिया दिएका छन्।

पत्रकार अमृतले भागबण्डाको पदवी अस्वीकार गर्ने बताएका छन्। पत्रकार नारायण अमृतलाई जनसेवाश्री पदक पाउनेको १२औं नम्वरमा राखिएको छ।पत्रकार कबिर राणाले आफूलाई कुनै जानकारी र सूचना बिना नै पदम पाउनेको नाममा राखेको भन्दै पदक बितरणको प्रक्रियाव र मापदण्डप्रति आफ्नो असहमति जनाए।

पीएल सिंहले गरे बहिस्कार

काठमाडौं महानगरपालिकाका संस्थापक मेयर प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वमन्त्री पीएल (प्रेमलाल) सिंहले पनि सरकारले दिने भनेर घोषणा गरेको सुप्रसिद्ध प्रबल जनसेवाश्री पदक नलिने घोषणा गरेका छन्।

दुई दर्जन बढी पत्रकारलाई सम्मान

सरकारले सुप्रबल जनसेवाश्री पदबाट बरिष्ठ पत्रकारहरु तारानाथा दाहाल, सुरेश प्रसाद आचार्य र हरिबिनोद अधिकारी तथा पत्रकारहरु कृष्णज्वाला देवकोटा, प्रतिक प्रधान, हरिबहादुर थापालाई सम्मानित गर्ने निर्णय गरेको छ। पत्रकारहरु ओम शर्मा गुणराज लुईँटेल र महेश्वर दाहाललाई कीर्तिमय राष्ट्रदीप पदक दिइएको छ। तीन दशक अघिबाट पत्रकारिता क्षेत्रमा याेगदान दिएका बिरष्ठ र क्रियाशिल पत्रकारहरूले सम्मानित गरेकाेमा पत्रकारिता क्षेत्रबाट स्वागत गरिएकाे छ। तर संचारमाध्यममा क्रियाशिल नभएका र एक दशक समेत पत्रकारिता नगरेका जुनियर पत्रकारलाइ बरिष्ठ पत्रकार सँगसँगै राखेर पदक दिएकाेमा कतिपयले अपमानित भएकाे महसुस गरेका छन्।

शहिदलाई सम्झियो सरकारले

पदक वितरणको क्रममा सरकारले नेपाली कांग्रेसका संस्थापक र पार्टीलाई सबै किसिमको संकटबाट उद्धार गर्ने नेता स्वर्गीय सुवर्ण शम्शेर जबरालाई राष्ट्रिय गौरब मान पदवीबाट विभूषित गरेको छ भने २००७ सालको प्रजातान्त्रिक आन्दोलन र पंचायति शासनको बिरुद्धको आन्दोलनमा शहादत प्राप्त शहिदलाई सम्झिएको छ।

सरकारले महाउज्ज्वल राष्ट्रदिपबाट नेपालमा लोकतन्त्र प्राप्तिको आन्दोलनमा योगदिएकी स्वर्गबासी योद्धा मंगलबादेवी सिंह र शहिद दुर्गानन्दा झालाई र सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट योद्धा मार्शल जुलुम शाक्यलाई सम्मानित गरेको छ।

यस्तै लोकतान्त्रिक आन्दोलनका योद्धा स्वर्गीय योगेन्द्रमान शेरचन, चक्रप्रसाद बास्तोला, दिवानसिंह राई, द्वारिकादेवी ठकुरानी, शहिद तेजबहादुर अमात्य, जिउँदो शहिद (हाल स्वर्गीय) अरविन्दकुमार ठाकुर, शहिद क्याप्टेन यज्ञबहादुर थापा, शहिद भीमनारायण श्रेष्ठ, शहिद थिरबम मल्ललाई प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट विभुषित गर्ने घोषणा गरेको छ।

सम्बन्धित समाचार

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७८ आश्विन ३, १४: ४४

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७८ आश्विन ३, १४: ४४

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...

धनुषामा श्रीमान्–श्रीमती मृत फेला
धनुषामा श्रीमान्–श्रीमती मृत फेला
  • २०७८ आश्विन ३, १४: ४४

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...