
नयाँ विकल्प,
स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तामा पुगेपछि नेताहरुले शक्तिको दुरुपयोग गर्दा नागरिकमा वितृष्णा बढेको बताएका छन् ।
‘सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्’, नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा जिल्ला पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले भने, ‘नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेको छ ।’
संविधान बनेको ६ वर्षमै संविधानप्रति प्रश्न उठ्नु दुःखद कुरा भएको बताउँदै उनले लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएको बताए ।
नेता पौडेलले संविधान बनेपछि भएको चुनावपछि दुई तिहाइ बहुमत ल्याएर प्रधानमन्त्री भएका केपी ओली नयाँ तानाशाह र डोनाल्ड ट्रम्पको नयाँ रूपमा प्रस्तुत भएको आरोप लगाए ।
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...