बिमा विधेयकप्रति संघको आपत्ति – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

बिमा विधेयकप्रति संघको आपत्ति

काठमाडौं । विमाको क्षेत्र, व्यवसाय र प्रणालीलाई व्यवस्थित गर्न सरकारले संसदमा पेश गरेको विमा विधेयक २०७५ लाई पेशागत विमा अभिकर्ता संघ नेपालले संशोधनको माग गरेको छ ।

विधेयक तयार गर्दा सम्वन्धित सरोकारवालाको सुझाव लिनु पर्ने नियमनकारी निकाय विमा समितिलाई प्राधिकरण बनाई अधिकारसम्पन्न गराउने भनी पुरानो अधिकारी समेत कटौति गरेको भन्दै संघले आपत्ति जनाएको छ। सरकारले ल्याएको विधेयकले स्वदेशी विमा कम्पनीहरुलाई प्रोत्साहन र जगेर्ना गर्नु पर्नेमा विदेशी कम्पनीलाई शाखा खोल्न प्राथमिकता दिने प्रावधानले स्वदेशी विमा विज्ञलाई निरुत्साहित बनाउने संघले जनाएको छ।

संघका अध्यक्ष नन्दप्रसाद तिवारीले विमा व्यवसायमा ९९ प्रतिशतभन्दा बढी योगदान पु¥याउँदै आएको स्वेदशी अभिकर्तालाई २६ बर्षभन्दा पुरानो ऐनमा व्यवस्था भएकोभन्दा पनि कम सुविधा दिएको आरोप लगाए । विधेयकमा विदेशी कम्पनीको शाखा कार्यालयको रुपमा दर्ता भएको विमकले शेयर निष्काषन तथा बिक्री गर्न पाउने छैन भन्ने प्रावधानले विदेशी विमा कम्पनीमा परामर्शदाता, उच्च व्यवस्थापनमा नेपालीहरुले रोजगार नपाउने, सबै विदेशी मात्र हुने, सर्वसाधरणमा शेयर जारी नगर्ने भएकाले मुनाफा पनि नेपालीले नपाई विदेशीले नै लैजाने अवस्था आउँदैछ ।

बैंक तथा वित्तिय संस्थालाई जीवन विमा अभिकर्ताको इजाजत दिने छैन भनी विधेयकमा गरेको व्यवस्थाले त्यस्ता संस्थाबाट जीवन विमा गराउँदा विमितले सेवा पाउन कठीनाई हुने, विमितको सोही बंैकमा खाता भएको आवस्थामा करकाप गरी विमितलाई समस्या पर्ने संघको ठहर छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले विधेयकको यस्तो प्रावधानले विमा क्षेत्रमा कार्यरत व्यवसायीहरुले संशंकित भएको जनाएको हो । संघले विश्वबाट नै असफल भइसकेको बैंकास्योरेन्स लागू गराउने चलखेल भइरहेको आरोप लगाएको छ ।

बैंकास्योरेन्सलाई अनुमति दिने गरी तत्कालिन अर्थमन्त्री तथा हाल प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले विधेयक अघि बढाएका थिए । हाल नेपालमा लाईफ इन्स्योरेन्सको संख्या ९ छ । यस्तै भर्खरै मात्र सरकारले १० वटा लाईफ इन्स्योरेन्सलाई संचालनको अनुमति दिइसकेको छ । यसरी जताभावी बजारको प्रभावको मुल्याङ्कन नगरी अनुमति दिँदा पेशाप्रति अविश्वास र धरासयी बन्ने चुनौति देखिएको छ । केन्द्रीय सदस्य कृष्णबहादुर राउतले विमा क्षेत्रमा देखिएको समस्याको समाधान गर्न आफूहरु सरोकारवाला निकायमा सुझाव दिए पनि कार्यान्वयनमा नआएको भन्दै आपत्ति जनाए ।

सम्बन्धित समाचार

प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ
  • २०७५ भाद्र ४, ०९: ०२

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ भाद्र ४, ०९: ०२

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
रसुवा जोड्ने बेत्रावतीको बेलिब्रिज सञ्चालनमा
  • २०७५ भाद्र ४, ०९: ०२

नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...