कांग्रेसमा फेरि संस्थापनइत्तर नेताहरु लागे मोर्चाबन्दीमा – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

कांग्रेसमा फेरि संस्थापनइत्तर नेताहरु लागे मोर्चाबन्दीमा

महासमिति बैठक नजिकिंदा चरम गुटबन्दी

काठमाडौं । सत्ताको राप र तापमा परेर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आमनागरिकलाई राहत र सुविधा दिनुका सट्टा करको भारी बृद्धि गर्दै राज्यका हरेक अंगमाथि हस्तक्षेप बढाइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने पार्टीको आन्तरिक कलहमा रुमलिएको छ ।

बिधान बमोजिम पर्णता दिनु पर्ने पार्टीका संगठनलाई असरल्ल छोड्ने र संविधान बमोजिम संघीय स्वरुपको पार्टी संरचना निर्माण गर्न नचाहने सभापति शेरबहादुर देउवा र सँधै भागबण्डा खोजिरहने संस्थापनइत्तर पक्षधर नेताका कारण कांग्रेसले आशातित गति लिन नसकेको गुनासो बढ्न थालेको छ ।

पार्टीका नेताहरुको एकताको कामना गरेर बसेका पार्टी कार्यकर्ता र सृदृढ तथा परिपक्व जिम्मेवार प्रतिपक्षीको रुपमा कांग्रेसलाई हेर्न चाहेका आम शुभेच्छुक र नागरिकहरु समेत पार्टीले गति लिन नसक्दा निरास बन्दै गएका छन् ।

पार्टीको नेतृत्वमा पदको सुरक्षाको लागि पार्टीको परम्परा, सहमति, सहकार्य, एकता र बैद्यानिक बाटो परित्याग गर्दै एकलौटी ढंगले अघि बढ्न खोज्ने कार्यशैलीकै कारण पार्टी संस्थापनबिरुद्ध कांग्रेसकै नेताहरु एकजुट हुन थालेका हुन् ।

पार्टीका पूर्वसहमहामन्त्री तथा पार्टी सभापति देउवाको समूहबाट महामन्त्रीमा प्रतिष्पर्धा गरेका अर्जुननरसिंह केसीले सभापति देउवाबिरुद्धको मोर्चालाई बलियो बनाउने डिजाइनमा लागेका हुन् ।

उनले शुक्रबार सभपाति देउवाइत्तरका नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री डा. रामशरण महतलाई आफ्नै निवावमा बेलाएर सभापति देउवाबिरुद्धको मोर्चाबन्दीको अनौपचारिक शुरुआत गरेका हुन् ।

पछिल्लो समय एक अर्काबाट टाढिएका देउवाइत्तर समूहका नेता पुनः एकजुट गराउन केसीले भूमिका खेलीरहेका छन् । देउवाविरुद्ध मोर्चाबन्दी गरेका नेता रामचन्द्र पौडेलले जिल्ला सभापति भेलापछि सभापति देउवा नजिक भएको चर्चा चलेपछि सिटौला समूहका नेताहरू असन्तुष्ट बनेका थिए ।

पौडेललाई ‘वाइपास’ गर्दै नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुनरसिंह केसी र डा. शेखर कोइरालाले मोर्चाबन्दीको प्रयास गरेका थिए ।

केसीले बोलाएको भेलामा नेता डा. शेखर कोइराला पनि देउवाविरुद्धको मोर्चामा रहे पनि त्यो गोप्य छलफलमा सहभागी हुन सकेनन् । विराटनगरमा भएका कारण छलफलमा हुन नसकेको र काठमाडौंमा आएपछि छलफलमा बस्ने उनले नेतालाई जानकारी गराएका थिए । पौडेल र सिटौलाको सम्बन्ध सुधार गर्नका लागि नेता केसीले बैठक बोलाएको बताइएको छ । उनीहरूले मोर्चाबन्दीलाई निरन्तरता दिँदै महाधिवेशनसम्म अघि बढ्ने निर्णयसमेत गरेको स्रोतले बताएको छ।

बिहान ९ बजेदेखि ११ बजेसम्म भएको बैठकमा सभापति देउवाले पार्टीको गुट मात्र चलाएको निष्कर्ष निकाल्दै त्यसको विरुद्ध अघि बढ्न साझा धारण तय गर्ने निर्णय गरेको थियो ।

बिहीबार बस्ने भनिएको पार्टी केन्द्रीय समितिको बैठक सभापति देउवाले एकलौटी ढंगलले तयारी नपुगेको भन्दै सारेपछि २८ भदौमा हुने केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति र अनुशासन समितिलगायत समितिको गठन गर्ने कार्यसूचि थियो ।

बैठकमा विभागमा आफूहरूको समूहको प्रतिनिधित्व, कसरी प्रस्तुत हुनेलगायत विषयमा पाँच नेताले छलफल गरेका थिए । बैठकमा पार्टीको आन्तरिक व्यवस्थापनलाई कसरी सुदृढ गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल भएको नेता केसीले जानकारी दिए ।

अनौपचारिक भेलाले भ्रातृ संगठनको महाधिवेशन निर्धारित समयमा गर्ने, नेताहरुबीचको अविश्वासको वातावरणलाई चिर्ने र देउवाले आफ्नो समूह हार्ने डरले कुनै पनि भातृ र शुभेच्छुक संस्थाको महाधिवेशन नगर्ने पाँच नेताले बैठकमा सहमति भएको थियो ।

पार्टीलाई देउवाको एकलौटी क्रियाकलापबाट खोस्दै अघि बढ्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए । पार्टीको महाधिवेशन आउन करिब एक वर्ष मात्रै हुँदै पछिल्लो समय पार्टीका नेताहरूले आफ्नो तर्फबाट सभापतिमा आफ्नो उम्मेदवारी रहने विभिन्न कार्यक्रममा बताउँदै आएका छन् । आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बारेमा पार्र्टी वरिष्ठ नेता पौडेल, नेता सिंह, सिटौला, केसी र शेखरले विभिन्न कार्यक्रममा बोल्दै आएका छन् ।

आगामी दिनमा नेताहरुले छुट्टाछुट्टै उम्मेदवारी घोषणा गर्दै कार्यक्रममा नबोल्ने र मंसिरमा हुने महासमिति बैठकमा देउवाविरुद्ध कसरी अघि बढ्न सकिन्छ भन्ने बारेमा रणनीति तय गर्ने बिषयमा छलफल भएको थियो । आगामी मंसिर पहिलो साता हुने महासमिति बैठक र आगामी दुई बर्ष भित्र हुने पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै नेताहरु सभापति देउवाबिरुद्धको मोर्चाबन्दीमा लागेका हुन् ।

नेता पौडेल, सिटौला, केसी र कोइराला पारिवारका सदस्यको दबाबमा पर्दा सभापति देउवाले केन्द्रीय कार्य सम्पादन समिति र अनुशासन समिति गठन गर्ने भन पनि निर्णयको लागि प्रस्ताव केन्द्रीय कार्य समितिमा पेश गर्न सकेका छैनन् ।

बिधान बमोजिमभन्दा पनि सहमतिको नाममा पार्टी हाँक्न चाहने देउवाको कार्यशैलीले गर्दा उनकै समूह भित्र पनि बिभाजनको रेखा देखिन थालेको छ । देउवाको उत्तराधिकारी बन्नको लागि गत बर्ष पार्टी एकीकरण गरेर आएका बिजयकुमार गच्छदार, उपसभपाति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काबीच रस्साकस्सी मच्चिन थालेको छ ।

सम्बन्धित समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
  • २०७५ भाद्र २५, ०६: ५३

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...

दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
दशैंमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणको निर्देशन
  • २०७५ भाद्र २५, ०६: ५३

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७५ भाद्र २५, ०६: ५३

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...