न्यायालय फेल हुनु नै देशकाे शासन व्यवस्था फेल हुनु हाेः राजेन्द्र महताे – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper
न्यान्यालयको निकासका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ

न्यायालय फेल हुनु नै देशकाे शासन व्यवस्था फेल हुनु हाेः राजेन्द्र महताे

वीरगञ्ज । न्यायालयको नेतृत्वमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा असफल भएकोेले राजीनामा दिनुपर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले वीरजञ्जमा आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

कानून व्यवसायीहरुको आन्दोलनले नेपाली जनताको न्याय नपाएको र न्यायालयको विकृति विसंगतिको जिम्मा प्रधानन्यायाधीश राणाले लिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेपाली जनताले न्यायालयबाट न्याय पाइरहेका छैनन्, अदालत चल्न नसकेको अवस्था छ । अदालतको न्यायाधीश र कानून व्यवसायी आन्दोलनमा छन् । सेटिङमा देश चलेको छ । त्यसैले त्यसको जिम्मा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लिनुपर्छ ।’

न्यायालयलाई निकास दिन प्रधानन्यायाधीश राणाले अविलम्ब राजीनामा दिनुपर्ने बताउँदै न्यायालयमा अहिलेको अवस्था आउनु दुर्भाग्यपूर्ण भएकोे बताए । नेता महत्तोले न्यायालय फेल हुनु नै देश फेल भएको, व्यवस्था फेल भएको जिकिर गरे ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ कार्तिक ३०, १३: ०१

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ कार्तिक ३०, १३: ०१

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७८ कार्तिक ३०, १३: ०१

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...