सोच र क्षमतामा बादल लागेको गृहमन्त्री चाहिन्छ र ? – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

सोच र क्षमतामा बादल लागेको गृहमन्त्री चाहिन्छ र ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको सोँचमै वादल लागेको कडा टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारका बैठकको शून्य समय (जुन एक मिनेटको हुन्छ) मा थापाले गृहमन्त्री थापामाथि थुप्रै बिषयमाथि प्रहार गरेका छन् । उनले जल्दा बल्दा र समसामयिक बिषयमा पार्टी र आफ्नो भनाई ५२ सेकेन्डभित्रै टुंग्याएर गृहमन्त्री थापाको सोंच र क्षमता दुबैमा वादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र सभामुखज्यू ? भनी प्रश्न गरेका थिए ।

गृहमन्त्री थापाले ठूलो माछा पक्रिन नसक्दा आफूहरु नबोलेको, कामचोर व्यवसायीलाई कानूनै नबनाई पक्रिएर आफै छोड्दा चुप बसेको, डा. भोजराज अधिकारीलाई ट्रमा सेन्टरबाट उठाएर गृहमन्त्रालयमा राख्दा नबोलेर प्रतिपक्षीले सहयोग गरेको दाबी गरे ।

थापाले युद्ध वा शान्ति दुबैको नियमसँग नमिल्ने गरी आफ्नो हिरासतमा राममनोहर यादव मारिँदा, अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरुलाई आफ्नै संयन्त्रले जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्रै होइन रहेछ सोचमै बादल लागेको रहेछ भनी टिप्पणी गरे । उनले सभामूख कृष्णबहादुर महरालाई संवोधन गर्दै भनका थिए, ‘सभामुख महोदय सोंच र क्षमता दुबैमा वादल लागेको गृहमन्त्री अब हामीलाई चाहिन्छ र ?

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७५ आश्विन १, ०८: ५०

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७५ आश्विन १, ०८: ५०

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७५ आश्विन १, ०८: ५०

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...