काठमाडौं । घुसको रकमसहित महानगरीय प्रहरी प्रभाग कोटेश्वर र काँडाघारीका नौ जना प्रहरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन् । पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक (असई) गोपाल श्रेष्ठसहित नौ जनारहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् । श्रेष्ठलाई अख्तियारले ३० हजार घुसको रकमसहित पक्राउ गरेको हो ।
उनका अनुसार कोटेश्वर र काँडाघारी प्रभागका नौजना प्रहरी घुसको रकमसहित कोटेश्वरस्थित लुम्बिनी तन्दुरी भोजनालयबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दुई असई, तीन हवाल्दार र चार सिपाही रहेका छन् । उनीहरूले मनोहरा खोलाबाट बालुवा निकाल्ने ठकेदारसँग घुस लिएका थिए । पक्राउ पर्नेमा कोटेश्वर प्रभागका प्रमुख प्रहरी निरीक्षक राजु लामाका भान्से प्रहरी जवान मुकेश पटेल पनि रहेका छन् । उनी पाँच हजार घुसको रकमसहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट आयोगको टोलीले कुल एक लाख नगद बरामद गरेको छ ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...