काठमाडौं । राष्ट्रिय जनता पार्र्टी (राजपा) अध्यक्ष मण्डलको बैठक बारम्बार बस््ने मिति तोक्दै स्थगित हुँदै आएको छ । शुक्रबारका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर बस्न सकेन । पार्टी भित्रको आन्तरिक विवादका कारण बैठक बस्न नसकेको बुझिएको छ ।
तर राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेताहरुको व्यस्तताका कारण बैठक बस्न नसकिएको बताउँछन् । उनले नेता अनिल झा र महन्थ ठाकुरको व्यवस्तताका कारण बैठक बस्न नसकेको बताए । साथै उनले राजपा भित्र कुनै पनि विवाद नभएको बताए । राजपा सरकारमा जाने विषयमा पनि अहिले कुनै पनि सम्भावना नभएको बताए । सरकारलाई दिइएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा पार्टीको बैठक बसेर निर्णय गरिने बताए ।
उनी शनिबार उपचारका लागि भारत जाने कार्यक्रमसमेत छ । शुक्रबारको बैठकमा उनलाई सर्वमान्य नेता बनाउने तयारी भएको थियो । गत मंसिर पाँच गते राजपा अध्यक्ष मण्डलको बैठकले अध्यक्ष मण्डलको संयोजक रहेका महन्थ ठाकुरलाई बिदाई गर्दै राजेन्द्र महतोलाई संयोजक बनाउने निर्णय भएको थियो ।
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...