
काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी केन्द्रको सबैले मान्नु पर्ने बताएका छन् । शुक्रबार काठमाडौंस्थित बानेश्वरमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी केन्द्रको निर्णय नेपाली काँग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले मान्नुपर्ने र निर्णय नमान्ने, काँग्रेसलाई कमजोर बनाउँनेहरु पार्टी छोडेर जान सक्ने बताएका हुन् ।
नेता सिंहले यस पटकको निर्वाचनमा पार्टीभित्र बसेर पार्टीका लागि कसले के के गरे भनेर पार्टीले मुल्याङ्कन गर्ने बताउँदै अहिलेको सत्ता गठबन्धन समय र परिस्थितिका कारणले बनेकोले संविधान र लोकतन्त्रको रक्षाका लागि चुनावी तालमेल समेत गर्नुपर्ने बताए ।
सत्ता गठबन्धनलाई बचाउँदै स्थानीय तह निर्वाचनमा जानुपर्ने बाध्यात्मक अवस्था सृजना भएकाले आवश्यकताका आधारमा चुनावी तालमेल कायम रहेने नेता सिंहले बताए । पार्टीभित्रका आफुलाई केही क्रान्तिकारी भन्ने नेताहरु पार्टीको स्थिति र गठबन्धनको निर्माणका विषयमा जानकार हुँदाहुँदै पनि बुझ पचाइरहेको बताए ।

उनले भने, ‘मुलुकको आवश्यकता र परिस्थितिले पाँच दलीय गठबन्धन बनेको हो । गठबन्धन बनेकोले नै नेपाली काँग्रेस पुनः सरकारको नेतृत्वमा आएका र यसलाई बचाउने नेपाली काँग्रेसको काँधमा छ । आफुलाई क्रान्तिकारी भन्ने केही काँग्रेस नेताहरु गठबन्धनका विरुद्ध बोल्दै जनतामा भ्रम छर्ने कार्य गरेको छन् । आफु जनतामा परिचित बन्ने नाममा पार्टीलाई क्षेनि पु¥याउने काम गरेका छन् ।’
नेता सिंहले काँग्रेसभित्रको एकथरी समुह आफ्नो स्वार्थ पुरा नभएपछि गठबन्धन सरकार र विभिन्न व्यक्तिहरुको चरित्रहत्याको अभियानमा लागेको आरोप लगाउदै त्यो समूह सामाजिक सञ्जाल र आम मिडिया मार्फत ठूलै भ्रमको खेतीमा उद्धत रहेको बताए ।
देशको शासनसत्ता समाल्ने विषयमा नेपालका कम्युनिष्टहरुको नेतृत्व पनि विगतका तीन वर्षमा देखिएको र ती पार्टीहरु पुरै असफल भएको बताए । कम्युनिष्ट पार्टीहरु भरपर्दो र विश्वास गर्न लाएक नभएको बताउँदै मुलुकमा भ्रमको खेती गरेर जनतालाई अल्मल्याई रहेको आरोप लगाए ।

पटक–पटक अवसर पाउँदा पनि देश र जनताका लागि त्यस्तो उल्लेख्य केही नगरेको बताए । कम्युनिष्ट पार्टीहरुले नेतृत्व गर्दा देशमा भ्रष्टाचार बढेको बताउँदै जनतालाई यसबारे जानकारी दिन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए । नेपाली काँग्रेसले मात्रै नेपाल र नेपाली जनताको हितमा काम गर्ने विगतका घटनाक्रमले पुष्टि गरेको बताए । मुलुक संकटमा हुँदा सबै दलसंग समन्वयन गर्दै देशलाई निकास दिन सक्ने पार्टी नेपाली काँग्रेसमात्रै भएको संसदबाट एमसीसी पास गराउदा र नेपालको संविधान जारी गर्दा नै पुष्टि भएको बताए ।
त्यस्तै बैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन पनि नजिक आइसकेको बताउँदै नेपाली काँग्रेसको विधानमा रहि स्थानीय पार्टी कमिटिले पार्टीका उम्मेदवार सिफारिस गर्नुपर्ने बताए । आफ्नो अधिकारको प्रयोग गर्न नसकेर, विधिसम्मत उम्मदवार सिफारिस गर्न नसकेर विवाद उत्पन्न गर्दै पार्टी केन्द्रमा पठाएर केन्द्रीय नेताहरुलाई गालि गर्ने परम्परा यस पटक अन्त्य गर्न सबैलाई अनुरोध गरे ।

पार्टीको विधि र विधानले दिएको अधिकारलाई अक्षेरश स्थानीय पार्टी कमिटीले पालना गर्न सके अन्य समिति हस्तक्षेप गर्नै नपर्ने बताए । जनताका समस्याहरुसंग चिरपरिचित रहन निर्देशन दिंदै नेता सिंहले हाम्रो होइन् राम्रो व्यक्तिलाई उम्मेद्वार बनाउन आग्रह गरे ।
काठमाडौं महानगरमा कम्युनिष्टहरुको नेतृत्वले जनताले खाइनखाई तिरेको करलाई मुद्दती खातामा राखेर ब्याज खाने मात्रै काम गरेको उल्लेख गर्दै जनतालाई व्यवस्थित शहरको परिकल्पना गर्ने उम्मेद्वारलाई मत दिन आग्रह गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले देशैभर नेपाली काँग्रेसको पक्षमा लहर आएको बताउँदै एक नम्बर पार्टी बनाउँन सबैले आ–आफ्नो ठाउँमा महनेत गर्न अनुरोध गरे । अन्य पार्टीको राजनीति छोडेर नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को लागेको समेत बताए ।

त्यसैगरी नेपाली काँग्रेस काठमाडौ जिल्ला सभापति सबुझ बानियाँले भ्रम र हल्लाको पछि नलागी घरघरमा पुगेर कांग्रेसका पक्षमा जनमत सृजना गर्न आग्रह गदै देश र जनताका पक्षमा काँग्रेसले गरेका राम्रा कामको प्रचार गर्दै भावी योजना सहित काँग्रेसको पक्षमा मत माग्न आग्रह गरे ।

उक्त कार्यक्रममा कांग्रेस नेता तथा वरिस्ठ अधिवक्ता राधेश्याम अधिकारीलगायत काँग्रेसका नेता तथा कार्यकर्तासहित विभिन्न शुभेच्छुक संघ संस्थाहरुका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो भने विभिन्न पार्टी परित्याग गरि १५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई नेपाली काँग्रेस नेताहरुले स्वागत गरेका थिए ।

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...
काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...