सवारी दस्तुरमा व्यापक वृद्धि, पाँच सय किलोमिटर सडकमा एक हजार – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

सवारी दस्तुरमा व्यापक वृद्धि, पाँच सय किलोमिटर सडकमा एक हजार

काठमाडौं । सुशासन र समृद्धिको नारा घोकाउँदै आएको केपी ओली नेतृत्वको सरकारले स्थानीय सडकमा समेत सवारी साधनसँगै हरेक पटक एक सयदेखि एक सय ६० रुपैयाँसमम रकम असुल गर्ने भएको छ ।

सरकारले स्थानीय तहले सडक प्रयोग गरेबापत उठाउँदै आएको सडक कर खारेज गरेपनि तीन वटा बस पार्क र तीन वटा सडक खण्डमा मात्र रकम असुल गर्दै आएकोमा चैत १४ गतेको मन्त्रिपरिषद् बैठकले डेढ दर्जन बढी सडकखण्डमा सडक दस्तुर निर्धारण गरेको छ ।

विगत १५ बर्षदेखि गैरकानुनी रुपमा इटहरी वसपार्क, हेटौंडा बसपार्क र नारायणघाटको पारस बसपार्कले भाडाका हरेक सवारी साधनबाट दस्तुर लिँदै आएका छन् । त्यस्तै, मुग्लिनदेखि नौविसे, नारायणघाटबाट हेटौंडा र नारायणघाटबाट बुटवल सडक खण्डप्रयोग गर्दा हरेक सवारीबाट सडक दस्तुर भन्दै सरकारले एउटै सवारीबाट ३० देखि १६० रुपैयाँसम्म उठाउँदै आएको छ ।

मन्त्रीपरिषदको गत साताको निर्णयपछि ति सडकखण्डमा सवारी साधनमा लाग्ने शुल्क बढाउनुका साथ थप १७ वटा सडकखण्डमा सवारी प्रयोग गरेबापत रकम असुल्ने निर्णय गरेको हो । यहाँसम्मकी काकरभित्तादेखि दमकसम्मको करिव ४५ किलोमिटर छोटो र सरल राजमार्गमा समेत बिना प्रयोजन सडक दस्तुर लिने निर्णय भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाका अनुसार हाल दस्तुर लिँदै आएको सडकका अतिरिक्त भैरहवादेखि मगैया सडकखण्डमा ठूला सवारीलाई ३०, साना सवारीलाई २० र टेम्पो तथा मोटरसाइकललाई १० रुपैयाँ, काकरभित्तादेखि दमकसम्म ठूला सावारीलाई ७५, साना सवारीलाई ३० र टेम्पो तथा मोटरसाइकललाई १० रुपैयाँ दस्तुर तोकिएको छ । दमकदेखि इटहरीसम्म ४५ किलोमिटरको सरल बाटोमा समेत ठूला सवारीलाई १२५, साना सवारीलाई ५० र टेम्पो तथा मोटरसाइकललार्ई १० रुपैया दस्तुर तोकेको छ ।

कोशी व्यारेजबाट चोहर्वासम्म करिव एक सय किलोमिटरको बाटोमा ठूला सवारीलाई १४०, साना सवारीलाई ४५ र टेम्पो तथा मोटरसाइकललाई १० रुपैयाँ दस्तुर तोकेको छ । चोहर्वादेखि पथलैयासम्मको दुई सय किलोमिटर सडकखण्डमा ठूला सवारीलाई १२५, सानालाई ४५ र टेम्पो तथा मोटरसाइकललाई १० रुपैयाँ निर्धारण गरेको छ । हेटौंडादेखि बिरगंज सडकखण्डको करिव ६० किलोमिटरको सडकमा ठूला सवारीसँग ५०, सानासँग २० र टेम्पो तथा मोटरसाइकलबाट १० रुपैयाँ दस्तुर उठाउने भएको छ ।

बीरगंज पथलैया सडक खण्डको करिव ३० किलोमिटरको सडकमा पनि ठूलालाई ५०, सानालाई २० र टेम्पो तथा मोटरसाइकललाई १० रुपैयाँ दस्तुर तोकिएको छ । त्यस्तै, धुलीखेलदेखि खुर्कोट सडकखण्डको करिव ८० किलोमिटर सडकमा ठूला सवारीलाई १२५, सानालाई ५० र टेम्पो तथा मोटरसाईकललाई १५ रुपैयाँ दस्तुर तोकेको छ । खुर्कोटबाट सिन्धुली हुँदै वर्दिवाससम्मको एक सय ७५ किलोमिटरको सडकमा भने ठूला सवारीसँग ११५, सानालाई ४५ र टेम्पो तथा मोटरसाईकलसँग १० रुपैयाँ दस्तुर लिने भएको छ ।

त्यस्तै, पाँचखालबाट मेलम्चीसम्मको करिव २५ किलोमिटरको सडकखण्डमा ठूला सवारीलाई ५० सानालाई १५ र टेम्पु तथा मोटर साईकललाई पाँच रुपैयाँ दस्तुर तोकेको छ । पथलैयादेखि काकरभित्तासम्मको सडकको अवस्था खासै खराव नभए पनि सरकारले कुनै मापदण्ड निर्धारण नै नगरी प्रदेश एक, दुई र तीनमा मात्र सडक दस्तुर कर निर्धारण गरेपछि सडक प्रयोगकर्ता भाडाका ट्रक, बस र अन्य सवारीले ढुवानी दर बढाउने निश्चित छ । नारायणघाटदेखि बुटबलसम्मको करिव एक सय ५० किलोमिटरको सडक खण्डले गण्डकी प्रदेश र प्रदेश पाँचलाई समेटेको छ ।

सम्बन्धित समाचार

त्रिविको वार्षिक बजेट वृद्धि
त्रिविको वार्षिक बजेट वृद्धि
  • २०७५ चैत्र २५, ०७: २७

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि) को वार्षिक बजेट वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले वृद्धि भएको हो ।...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि, प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने
  • २०७५ चैत्र २५, ०७: २७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान स्थगित भएको छ । मतदानका लागि...

यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०७५ चैत्र २५, ०७: २७

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवसहित ७ जनाविरुद्ध...