निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्दै आयोग – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्दै आयोग

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा १५ दिन मात्रै प्रचार गर्न पाउने गरी निर्देशिका जारी गर्ने भएको छ ।

उम्मेदवारी दर्ता मतदानभन्दा ३९ दिनअघि नै हुने भए पनि प्रचारको समय घटाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् ।

थपलियाले भने, ‘उम्मेदवारी मनोनयन दर्ता भए पनि बाँकी २४ दिनसम्म के-के गर्न पाइने हो भन्ने पनि आयोगले नै भन्नेछ,’ यो अवधिमा प्रचार(प्रसार गर्न भने पाइने छैन । अहिलेको कानुनमा टेकेर हामी निर्देशिका जारी गर्छौं ।’

आयोगले २०७४ को चुनावमा ३० दिन प्रचार गर्न समय दिइएकोमा यसपालि बढाएर ३९ दिन पुर्‍याएको थियो ।

प्रचारप्रसारमा लामो समय दिँदा निर्वाचनको मात्र होइन, उम्मेदवारहरूको खर्च पनि बढ्ने, प्रचारप्रसार अवधिभर राज्यका अङ्गहरू शिथिल हुने र विकास निर्माणदेखि जनताका काम सुस्त हुने भएकाले यति धेरै प्रचारका लागि समय नचाहिने भन्दै आलोचना भएको हो ।

आयोगले भने मतपत्र छपाईका लागि समय धेरै लाग्ने भएकाले प्रचार प्रसारको समय धेरै छुट्याउनु परेको बताएको थियो ।

‘स्थानीय तह निर्वाचनमा हामीले प्रचारप्रसारका लागि १५ दिनजति मात्र समय दियौँ । त्यति बेला २ करोड मतपत्र छापेर पुगेको थियो । यसपटक संघ र प्रदेशका लागि ८ करोड मतपत्र छाप्नुपर्छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

सम्बन्धित समाचार

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७९ श्रावण २९, १४: ०६

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०७९ श्रावण २९, १४: ०६

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७९ श्रावण २९, १४: ०६

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...