काठमाडौं । श्रीमती भेट्नकै लागि संयुक्त राज्य अमेरिका गएर चार महिना हराएर उल्टै कार्यालयको काजमा रकम असुल्ने हिम्मतदार कर्मचारी अहिले कोही होला भनेर कसैले पत्याउन गाह्रै पर्ला । तर, सुशासन कायम गर्न कोहीसँग सम्झौता नहुने भनेर बारम्बार चेतावनी दिइरहने प्रधानमन्त्री केपी शर्मा ओली सरकारको दोश्रो वरियताका सदस्य अर्थात उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको पुत्रले यस्तै हर्कत गरेका छन् ।
कृषि मन्त्रालय अन्तरगतको कृषि अनुसन्धान परिषद् (नार्क) मा बायो टेक्नोलोजिष्टका रुपमा कार्यरत सुजन पोख्रेलले गत माघदेखि जेठ दोश्रो सातासम्म अमेरिकामा श्रीमती भेट्न गएर काज भन्दै बिदा स्वीकृत गराएका छन् । बिराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी केन्द्रीय क्याम्पसको चिफ हुँदा खुँखार कांग्रेस र हाल मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति हुने भाग्यमानी उपेन्द्र कोइरालाकी छोरीसँग विवाह गरेका सृजन तालिमको लागि भन्दै अमेरिकारबाट फर्किएपछि काज बिदाको व्यवस्था गर्न कार्यालय प्रमुखलाई दबाब दिने गरेका छन् ।
बायो टेक्नोलोजिष्ट पोखरेल गत माघ अर्थात जनवरी २८ देखि मे ३० तारिखसम्म आफूलाई काज बिदा मिलाउन भन्दै कार्यालय प्रमुखको हुर्मत लिने गरेका छन् । नार्कका कायम मुकायम कार्यकारी निर्देशक तेजबहादुर गुरुङलाई सृजन पोखरेलले दिएको दबाबका कारण उनी बेचैन समेत भएका छन् । गत डिसेम्बर ३० देखि जनवरी २८ सम्म अमेरिका गएर काज बिदा स्वीकृत गरेका निर्देशक गुरुङ फेरि सृजनले चार महिनापछि आएर काज बिदाको लागि दबाब दिन थालेपछि तनावमा परेका हुन ।
कुनै पनि प्राविधिक सेवाका कर्मचारीले काज बिदा लिनु पर्दा सम्वन्धित संस्थाबाट प्रस्ताव वा चिठी कार्यालयलाई लेखेको चिठीको आधारमा कार्यालय प्रमुखले छनोट गर्नुपर्छ । तर सृजनलाई न कुनै संस्था वा विश्वविद्यालयले अध्ययनको लागि प्रस्ताव गरेको छ वा पत्राचारनै गर्ने गरेको छ । तर सृजनले अमेरिकामा बस्दै आएका आमोद पोख्रेलले पठाएको इमेलको प्रिन्ट कपि देखाएर काज स्वीकृतिको लागि दबाब दिइरहेका छन् ।
नेपाल फर्किएपछि आफूलाई काज बिदा मिलाइ दिन भन्दै उनले दबाब दिन थालेपछि नार्कका अन्य कर्मचारीले समेत असन्तुष्टी र विरोध जनाएका छन् । तर कामु कार्यकारी निर्देशक गुरुङ भने आफूलाई माथिल्लो निकायबाट बारम्बार दबाब आएकोले काज स्विकृत गर्न बाध्य हुने संकेत सहकर्मीसँग गरेका छन् । उपप्रधानमन्त्री पुत्र सृजनले भने आफू तालिममा गएको भन्दै इमेलको प्रिन्ट कपी बोक्दै हाकिमलाई दबाब दिँदै आएका छन् ।
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...