
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र ५ का तीन वटा स्थानीय तहलाई समेटेर सरकारले झापामा ‘हरित औद्योगिक पार्क’ निर्माणको प्रक्रियालाई अघि बढाउने भएको छ ।
प्रधानमन्त्री ओलीको गृहनगर दमक, निर्वाचन क्षेत्रमा पर्ने गौरादह नगरपालिका र कमल गाउँपालिकाको दुई हजार दुई सय विघा जमिनमा निर्माण हुने पार्कको निर्माण कार्यको लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न अनुमति सरकारले दिएको छ । लगानी बोर्डको शुक्रबार बसेको बैठकले सो औद्योगिक पार्क निर्माणका लागि चीनको ल्हासास्थित एक कम्पनीलाई डिपीआर तयार पार्न अनुमति दिएको हो ।
६४ अर्ब रुपैँयामा निर्माण गर्ने सो पार्कको डिपीआर तयार पार्ने स्विकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।
ग्रिन इन्डस्ट्रिज पार्कको डीपीआर तयार नहुँदे सरकारले पार्कको बीचमा पर्ने रतुवा खोलाको दुवै तर्फ तटबन्ध निर्माण र वारपार गर्न दुई वटा तीन सय मिटर लामा मोटरेवल पुल निर्माण गरिरहेको छ । औद्योगिक पार्क निर्माणको लागि सरकारले रतुवा खोलाको पानी वग्ने क्षेत्र, खोलाको बगर र खेतीयोग्य जमिन तीन बर्गमा वाँडेर स्थानीयको जग्गाको मुआब्जा दिएर अधिग्रहण गरिरहेको छ ।
प्रति कट्ठा ३० लाखसम्म पर्ने यो क्षेत्रको जग्गालाई सरकारले प्रतिविघा ७५ हजार रुपैयाँ मात्र मुआब्जा दिएर अधिग्रहण गरेको भन्दै स्थानीय वासिन्दा आन्दोलित समेत बनेका छन् । मुआब्जा वितरणमा पारदर्शीता नअपनाएको भन्दै गुनासो गर्नेहरुलाई विकास विरोधी भन्दै प्रहरी लगाएर दमन गर्ने गरिएको स्थानीय करण बस्नेतले बताए ।
हरित औद्योगिक पार्क नामकरण गरिएको यो क्षेत्रको ७० प्रतिशत बढी पूर्बाधार निर्माण रतुवा खोलाको वगरमा गरिने भएकाले लगानी जोखिममा पर्न सक्ने कतिपयको आशंका छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकतामा राखेर घोषणा गरिएको यो योजना गतबर्ष नै घोषणा गरिएको थियो ।
यता लगानी बोर्डले विराटनगरमा लजिष्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सिजी ग्रुप र सर्राफ गु्रपलाई दिने निर्णय पनि गरेको छ । वोर्डले जनकपुरमा निर्माण गर्न लागिएको लजिष्टिक पार्कको अध्ययन गर्न पनि एक नेपाली कम्पनीलाई अनुमति दिने निर्णय गरिएको छ ।
बैठकले तमोर जलाशाययुक्त विद्युत आयोजनाको विकासका लागि २१ दिनभित्र चाईना कन्स्ट्रक्सन पावर र जापान–कतारको ज्वाईन्ट भेन्चरमा सञ्चालित एक कम्पनीलाई प्रस्ताव पेस गर्न आह्वान गर्ने निर्णय गरेको छ । ७५६ मोगावाट क्षमताको यो जलासययुक्त जलविद्युत कम्पनि नेपालकै हालसम्मको सबैभन्दा ठूलो निर्माण हुन लागेको आयोजना हो ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मतगणना सकिएको छ । १८ असोजबाट काठमाडौंमा सुरु भएको महाधिवेशनअन्तर्गत २३ गते रातिबाट मतगणना...
काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...