लामिछानेलाई देखाएर राज्यप्रतिको असन्तुष्टी तीव्र ? – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

लामिछानेलाई देखाएर राज्यप्रतिको असन्तुष्टी तीव्र ?

काठमाडौं । नुवाकोट घर भई चितवनमा वसेर पत्रकारिता गरिरहेका पत्रकार शालिकराम पुडासैनीले साउन २० गते गरेको आत्महत्या प्रकरणमा नाम जोडिएका न्युज ट्वान्टी फो टेलिभिजनका पत्रकार रबि लामिछानेसहित तीन जनालाई प्रहरीले हिरासतमा लिएर गरेको अनुसन्धानको विषयलाई लिएर चितवन निकै तनावग्रस्त हुन पुगेको छ ।

कानून अनुसार कसैलाई आत्महत्या गर्न दुरुत्साहन गरेमा अरोपी वा मतियारको आशंका गरी प्रहरीले तथ्य र प्रमाणको आधारमा अनुसन्धान गर्न नसघाई आफू निर्दोष छु भनेर आफ्ना सहयोगी र समर्थकको भावना भड्काउने काम कार्यले परिणामलाई सकारात्मक दिन सक्दैन ।

राज्यप्रति आमनागरिकको अविश्वास, आक्रोस र क्रोध यतिवेला सोझासाझा जनताले सडकमा पोखिरहेका छन् । रवी निर्दोष भएको दाबी सडकमा पोखिने आक्रोस र आवेगले मुलुकको न्यायिक प्रतिष्ठा, कानूनी उपचार र समग्र राज्यप्रति उनीहरुको भरोसा टुट्दै गएको भान हुन थालेको छ ।

राज्यका जिम्मेवार निकाय खासगरी समाजमा शान्ति सुरक्षा कायम गरी कानुनी राज्यको पक्षमा खटिने प्रहरी प्रशासनप्रति आमनागरिकले गुमाउँदै गएको बिश्वासले नै तीन दिन चितवन जिल्ला पुरै तनावग्रस्त भयो ।

रवीले संचालन गर्न टिभि कार्यक्रम सिधा कुरा जनतासँग सहयोगी युवराज कडेंल र पुडासैनीसँग नाम जोडिएकी ओखलढुंगाकी अस्मिता कार्कीलाई प्रहरीले विहिबार राति काठमाडौंबाट पक्राउ गरी चितवन लगेको थियो । प्रहरीले तीनै जनालाई प्रहरीको भ्यानमा राखेर चितवनतर्फ लिएर गएदेखि नै रवी लामिछानेका समर्थकहरुले नाराजुलुस गर्न थालेका थिए ।

पत्रकार पुडासैनीले चितवनको एक होटलमा सुसाइट गर्नुअघि भिडियो रेकर्डमा रबिसहितका ३ जनाका कारण आत्महत्या गर्न वाध्य भएको उक्त भिडियोबाट बाहिर आएको थियो । आत्महत्या अघि पत्रकार पुडासैनीले सुस्मिता कार्की, रवि लामिछाने र युवराज कडेंलका कारण आफुले बाध्य भएर आत्महत्याको बाटो रोजेको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि यो घटनाले उग्र रुप लिएको हो ।

उनीहरुलाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी हिरासतमा लिएको थियो ।

आत्महत्या गरिएका पत्रकारले कसको कारणले आत्महत्या गरे वा बाध्य बनाइयो भन्दा नि सडकमा रवी लामिछानेको समर्थनमा जनमानसको उत्तेजित भिँडले कानुन हातमा लिने प्रयासलाई नेपालका बौद्धिक सर्कलले त्यति मन पराएनन् ।

रवी लामिछानेले अमेरिकाको ग्रिन कार्ड नत्यागी नेपालमा आएर टेलिभिजन कार्यक्रम संचालन गरेको, २०७२ सालमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सिधाकुरा प्रधानमन्त्रीसँग भन्ने कार्यक्रम नेपाल टेलिभिजनमा संचालन गरिएको र लगत्तै प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले सो कार्यक्रममा अनुपस्थित भएपछि बन्द गरिएको, प्रचण्डले आफूलाई विप्लवले मार्नको लागि हिट लिस्टमा राखेको अभिव्यक्ति दिँदा लामिछानेले टेलिभिजनबाटै प्रचण्ड जस्ता नेता मरेहुन्छ भनेर दिएको अभिव्यक्ति पनि निकै विवादीत बन्न पुग्यो ।

लामिछानेसँग प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको सामाजिक सञ्जाल र मिडिया मार्फत चलेको द्धन्द्धमा पनि नेपालको सञ्चार क्षेत्र निकै तरगिंत भयो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको कारण रवी लामेछाने नै हुन भनि भिडियो प्रहरीसँग रहेको भन्ने व्यहोराको समाचार किशोर श्रेष्ठ सम्पादक रहेको जनआस्थामा प्रकाशित भएकै घटनालाई संयोग वा प्रतिशोध भन्ने बिषयको निरुपण नभइ वाहिर आएका हल्लाका भरमा घटनालाई भड्काउन खोजिनु पत्रकारिताभित्र लुकेको अतिवाद नै हो ।

कतिपयले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वअंग रक्षक भएका व्यक्ति नै अहिले चितवन जिल्ला प्रहरी कार्यालयको प्रमुख रहेकै आधारमा यो घटनालाई उचालेको देखिन्छ ।

रवी लामिछानेको बिषयमा प्रहरीले अनुसन्धान नै गर्न पाउनु हुन्न भन्ने विषयलाई लिएर चितवन प्रहरी कार्यालय, जिल्ला अदालतमा जुन भिडले कानुन हातमा लिने प्रयासलाई कानुनी राज्यको उपहासको नमुनाको रुपमा लि सकिन्छ ।

हजारौँ गरिब विद्यार्र्थीलाई १०० रुपैयाँमा पढाउने समता स्कूल र १०० रुपैयाँमै उपचार गर्ने समता अस्पत्तालका संस्थापक उत्तम सञ्जेलको हालत के भएको छ ? यसतफै रवी लामिछानेका समर्थकले एक पटक सोच्ने बेला आएको छ ? किनकी समता अस्पतालमा एकजनाले आत्महत्या गर्दा पाँच महीनाकी गर्भवती कला सञ्जेलले चुपचाप हिरासत बसेर अनुसन्धानलाई सघाइ रहेकी छन् । उनीहरुले मिडियाको दुरुपयोग गरेर मिनेट मिनेटमा लाइभ प्रसारण गरेका छैनन ।

बरू मृत्युको प्रकरणलाई केही मिडियाले उल्टै खेदो पनि गरे । सञ्जेल दम्पतीले नेपालको बर्तमान भ्रष्ट प्रबृत्तिबाट वाक्क बनेका जनताको इमोसनल ब्ल्याकमेलिङ्ग गरेनन् । उनको पक्षमा कोही सडकमा उत्रेनन्, बरु गरिबको शिक्षाको सहारा विद्यालय र अस्पताल तोडफोड भयो ।
विदेशमा अलपत्र परेका दर्जनौ नेपालीहरुको उद्धार गरेको दाबी गर्दै चर्चामा आएका र दर्जनौँ घटनामा बार्गेनिङ्ग गरेर समाचार लुकाएको कुरा आत्महत्या गर्ने पत्रकार पुडाशैनीले भिडियोमा बताएका छन् ।

तर रवी लामिछानेलाई भगवान हुन अर्थात उनी नेपालको कानूनभन्दा माथि छन भने झैं गरी सडकमा पोखिएका आक्रोसले मुलुकलाई दण्डहिनता र अराजकतालाई सघाउ पु¥याउने अनुमान कानुन व्यवसायीहरुले गरेका छन् ।

यसैगरी आइतबार रवी लामिछाने सहित तिनै जनालाई मृतक पुडासैनीकी श्रीमतीले किटानी जाहेरी दिएकी छन् । महानगरीय प्रहरी परिषर काठमाडौंमा उनीहरुले जाहेरी दिएका हुन् । परिसरले सो जाहेरी जि.प्र.का. चितवनलाई पठाउने जनाएको छ ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७६ भाद्र २, ०७: १३

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७६ भाद्र २, ०७: १३

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७६ भाद्र २, ०७: १३

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...