
काठमाडौं । पर्यटकीय स्थल रेहेको काठमाडौंको पश्चिम भेगसँग जोडिएको राजधानी नाकाको मुख्य केन्द्रविन्दु रहेको चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास समारोह सम्पन्न भएको छ ।

काठमाडौं जिल्ला समन्वय समितिका सभापति शिवसुन्दर राजवैद्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चन्द्रागिरि नगपालिकाका नगर प्रमुख घनश्याम गिरिले नगरवासीहरुलाई छिटोभन्दा छिटो सेवा प्रवाह गर्नका लागि नगरपालिकाको आफ्नै प्रशासकीय भवनको अनिवार्यतालाई मध्यनजर गर्दै जिल्ला समन्वय समितिको अथक प्रयास र निर्वाचित जनप्रतिनिधिहरुको सहयोगले नगरपालिकाको आफ्नै भवन शिलान्यास गर्ने अवसर पाएकोमा नगरवासीलाई धन्यवाद दिए ।
जिल्ला समन्वय समितिमार्फत् उपलब्ध गराइएको जग्गा र जिल्ला समन्वय समितिले उपलब्ध गराएको रकमले भवन सहज ढंगले निर्माण हुनेमा आफू ढुक्क रहेको बताए । प्रशासकीय भवन निर्माणपश्चात् सम्पूर्ण नगरवासीलाई सुविधा सम्पन्न रुपबाट सेवा प्रवाह गर्न सकिने हुँदा नगरवासीले जुन रुपमा अहिले केही कठिनाइ भोग्नु परेको छ, त्यसको अन्त्य हुने समेत विश्वास दिलाए ।

चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवन सम्पन्न गर्नका लागि लागत अनुमान २१ करोड भएता पनि रसुवा कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले रु १४ करोड, ६० लाख, ५३ हजार, ५ सय, १५ रुपैयाँ, २९ पैसामा सम्पन्न गर्न ठेक्का पारेको छ ।
उक्त प्रशासकीय भवन शिलान्यास समारोहमा नरग उपप्रमुख लिसा नकर्मी, जिल्ला समन्वय समितिका उपप्रमुख, जिल्ला समन्वय समितिका सस्यहरु, नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगर सदस्यहरु, नगरस्तरीय राजनीतिक दलका प्रतिनिधिहरु, उक्त क्षेत्रका सुरक्षा निकायका प्रतिनिधिहरु, सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरु, उक्त क्षेत्रमा रहेका बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्थानीयवासीहरु तथा सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवन १२ नं. वडामा पर्ने भएको हुँदा शिलान्यास समारोहमा वडा नं. १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठले उपस्थित सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए ।
त्यसैगरी उक्त कार्यक्रम भव्य र सभ्य बनाउन प्रमुख भूमिका खेलेका प्रवक्ता एवम् वडा नं. ११ का वडा अध्यक्ष हरिभक्त महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए । पर्यटकीय क्षेत्रमा निकै प्रभाव पारेको उपत्यकाभित्र रहेको १० नगरपालिकामध्ये पहिलो प्रशासकीय भवनको थालनी चन्द्रागिरि नगरपालिकाले सुरुवात गरेको छ ।

प्रशासकीय भवन निर्माण व्यवस्थापन समितिको संयोजक नगरप्रमुख घनश्याम गिरी, सदस्यहरुमा नगर उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता÷वडा अध्यक्ष हरिभक्त महर्जन, वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, वडा अध्यक्ष प्रकाश श्रेष्ठ, वडा अध्यक्ष उत्तमबहादुर राउत, अधिकृत आठौं (लेखा) नारायण प्रसाद नेपाल, इन्जिनियर रविन्द्र रिजाल, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल सदस्य सचिव रहेको व्यवस्थापन समिति समेत निर्माण गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...
काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...
काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...