चन्द्रागिरि नगरपालिकाले आफ्नै भवन बनाउन थाल्यो – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

चन्द्रागिरि नगरपालिकाले आफ्नै भवन बनाउन थाल्यो

काठमाडौं । पर्यटकीय स्थल रेहेको काठमाडौंको पश्चिम भेगसँग जोडिएको राजधानी नाकाको मुख्य केन्द्रविन्दु रहेको चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास समारोह सम्पन्न भएको छ ।

काठमाडौं जिल्ला समन्वय समितिका सभापति शिवसुन्दर राजवैद्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चन्द्रागिरि नगपालिकाका नगर प्रमुख घनश्याम गिरिले नगरवासीहरुलाई छिटोभन्दा छिटो सेवा प्रवाह गर्नका लागि नगरपालिकाको आफ्नै प्रशासकीय भवनको अनिवार्यतालाई मध्यनजर गर्दै जिल्ला समन्वय समितिको अथक प्रयास र निर्वाचित जनप्रतिनिधिहरुको सहयोगले नगरपालिकाको आफ्नै भवन शिलान्यास गर्ने अवसर पाएकोमा नगरवासीलाई धन्यवाद दिए ।

जिल्ला समन्वय समितिमार्फत् उपलब्ध गराइएको जग्गा र जिल्ला समन्वय समितिले उपलब्ध गराएको रकमले भवन सहज ढंगले निर्माण हुनेमा आफू ढुक्क रहेको बताए । प्रशासकीय भवन निर्माणपश्चात् सम्पूर्ण नगरवासीलाई सुविधा सम्पन्न रुपबाट सेवा प्रवाह गर्न सकिने हुँदा नगरवासीले जुन रुपमा अहिले केही कठिनाइ भोग्नु परेको छ, त्यसको अन्त्य हुने समेत विश्वास दिलाए ।

चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवन सम्पन्न गर्नका लागि लागत अनुमान २१ करोड भएता पनि रसुवा कन्स्ट्रक्सन कम्पनी प्रा.लि.ले रु १४ करोड, ६० लाख, ५३ हजार, ५ सय, १५ रुपैयाँ, २९ पैसामा सम्पन्न गर्न ठेक्का पारेको छ ।

उक्त प्रशासकीय भवन शिलान्यास समारोहमा नरग उपप्रमुख लिसा नकर्मी, जिल्ला समन्वय समितिका उपप्रमुख, जिल्ला समन्वय समितिका सस्यहरु, नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, नगर सदस्यहरु, नगरस्तरीय राजनीतिक दलका प्रतिनिधिहरु, उक्त क्षेत्रका सुरक्षा निकायका प्रतिनिधिहरु, सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरु, उक्त क्षेत्रमा रहेका बैंक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, स्थानीयवासीहरु तथा सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवन १२ नं. वडामा पर्ने भएको हुँदा शिलान्यास समारोहमा वडा नं. १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठले उपस्थित सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलले व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी उक्त कार्यक्रम भव्य र सभ्य बनाउन प्रमुख भूमिका खेलेका प्रवक्ता एवम् वडा नं. ११ का वडा अध्यक्ष हरिभक्त महर्जनले कार्यक्रम सञ्चालन गरेका थिए । पर्यटकीय क्षेत्रमा निकै प्रभाव पारेको उपत्यकाभित्र रहेको १० नगरपालिकामध्ये पहिलो प्रशासकीय भवनको थालनी चन्द्रागिरि नगरपालिकाले सुरुवात गरेको छ ।

प्रशासकीय भवन निर्माण व्यवस्थापन समितिको संयोजक नगरप्रमुख घनश्याम गिरी, सदस्यहरुमा नगर उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता÷वडा अध्यक्ष हरिभक्त महर्जन, वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, वडा अध्यक्ष प्रकाश श्रेष्ठ, वडा अध्यक्ष उत्तमबहादुर राउत, अधिकृत आठौं (लेखा) नारायण प्रसाद नेपाल, इन्जिनियर रविन्द्र रिजाल, प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेल सदस्य सचिव रहेको व्यवस्थापन समिति समेत निर्माण गरिएको छ ।

सम्बन्धित समाचार

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०७६ मंसिर १६, ०७: ०४

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...

एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
  • २०७६ मंसिर १६, ०७: ०४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७६ मंसिर १६, ०७: ०४

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...