
काठमाडौं। उदयपुर जिल्लाका जनप्रतिनिधिसहितको टोलीले चौदण्डीगढी नगरपालिका वडा नम्वर–५ स्थित सिवाई–बेलहा जोड्ने त्रियुगा नदीमाथिको भाँचिएको पुल पुनःनिर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग गरेका छन्।
पुल नबन्दा सर्पदंश लगायतका बिरामीलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएको भन्दै तत्काल भाँचिएको पुल निर्माण गर्न प्रतिनिधि सभा सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रदेशसभा सदस्य राजन किराँतीसहितको टोलीले आइतबार भौतिक मन्त्रालयमा भेटेर मन्त्रीसँग माग गरेको हो।
चौदण्डीगढी नगरपालिका क्षेत्र कांग्रेस केन्द्रीय सदस्य समेत रहेका डा. खड्काको निर्वाचन क्षेत्र हो। गत वर्ष निर्माण भएको सो पुल सञ्चालनमा नआउँदै भाँचिएको थियो। शिलान्यास भएको १३ वर्षपछि निर्माण सम्पन्न भएको सो पुल उद्घाटन हुन नपाउँदै भाँचिएको हो ।
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर छठ पर्व मनाइँदैछ । चार...