
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठक र पदाधिकारी बैठकमा उपस्थित नभएका नेता कृष्णप्रसाद सिटौलाले उनै सभापति देउवालाई भेटेर एक लिखित पत्र बुझाउँदै सुझाव पेश गरेका छन् ।
सिटौलाले लेखेको दुई पेज लामो पत्रमा १३औं महाधिवेशनबाट सभापतिको रुपमा निर्वाचित भएपछि १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने काममा मात्र लाग्न देउवालाई सुझाव दिएका छन् ।
सिटौलाले देउवालाई महाधिवेशन गर्ने जिम्मेवारी पुरा गर्न कुनै गुटको नभइ कांग्रेसको सभापति हो भन्ने कुरा स्मरण गरेर सबै पूर्वाग्रहहरुबाट मुक्त भएर प्रत्येक निर्णय गर्दा उदार र कुशलतापूर्बक गर्न सुझाव दिएका छन् । उनले बृहत एकता नै आजको अपरिहार्य र प्रथम आवश्यकता रहेको जनाउँदै पार्टीको बृहत्तर हितमा एकतालाई मजबुद बनाउन पार्टीको बिधान प्रयोग र सो अनुरुप सहमतिबाट निर्णय गर्न आग्रह गरेका छन् ।
पार्टी भित्रको विद्यामान असमझदारीलाई न्यून गर्न छिटो भन्दा छिटो महधिवेशन सम्पन्न गर्न भन्दै सिटौलाले चार बुँदे सुझाव दिएका थिए । उनको सुझावमा महाधिवेशन सम्बन्धी कार्यतालिका अनुरुप कामहरु हुन नसकेको दाबी गर्दै केन्द्रीय समितिको बहुमतबाट तय गरिएको महाधिवेशनको तालिकालाई सच्याउन र क्रियालिश सदस्य छानबिन समिति गठन गरी पार्टीको पूर्ण बैठक बसेर सहमतिमा नै महाधिवेशनको पूर्ण कार्यतालिका बनाउनु पर्ने भनिएको छ ।
उनले पार्टीका केन्द्रीय विभाग, समिति वा अन्य कुनै संरचना निर्माण गर्दा सहमतिको आधारमा विधान बमोजिम गर्न सुझाव दिँदै विधान विपरित गरिएका निर्णयहरु सच्याउन पनि माग गरेका छन् । उनले पार्टीका भ्रातृ संस्था, शुभेच्छुक संस्थालाई नियमित रुपमा विधान बमोजिम नेतृत्व चयन गर्ने वातावरण निर्माण गर्न कसैको व्यक्तिगत स्वार्थमा निहित नभइ विधानलाई सर्वोपरी ठानेर न्यायोचित रुपमा पार्टी भित्रैको बृहत्तर एकता कायम गर्न समस्याको समाधान खोज्न माग गरेका छन् ।
पार्टीको केन्द्रीय तहमा भएको विवादले देशभरका कार्यकर्तालाई निराश बनाएको जनाउँदै पार्टी भित्रको बहुमत र बहिस्कारको स्थितिको तत्काल अन्त्य गर्न र कार्यकर्तामा उत्साह जगाउने गरी प्रतिपक्षका सार्वजनिक कार्यक्रम अभियानाको रुपमा संचालन गर्न माग गरेका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई कुनै पनि दुर्घटनामा पर्न नदिने मुख्य दायित्व प्रमुख प्रतिपक्षी दलको भएको भन्दै पुस ११ गते केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको परम्परा विपरित र लोकतन्त्रको हित विपरित रहेको सबै निर्णय फिर्ता गर्न आग्रह गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...