
काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन मागेको अडियो सार्वजनिक भएपछि संचार मन्त्रीबाट राजिनामा दिएका गोकुलप्रसाद वाँस्कोटालाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका एक दर्जन विद्यार्थी घाईते भएका छन् ।
घाईते भएकी नेविसंघ महामन्त्री उर्मिला थपलिया प्रहरीको कुटाईबाट घाइते बेहोस भएकी थिइन । उनलाई प्रहरीले टाउकोमा प्रहार गरेको लाठीका कारण बहोस भएकी हुन् । थपलियाको हाल मोडल अस्पतालमा उपचार भइरहेको छ ।
वाँस्कोटालाई कारबाहीको माग गर्दै विहीबार साँझ प्रदर्शनीमार्गमा शान्तिपूर्ण प्रदर्शन गरेका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । प्रहरीको कुटाईबाट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे, विद्यार्थी सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का, तुलसा पन्त घाइते भएका छन् । प्रहरीको कुटाईबाट रामजी बस्नेतको नाकको हड्डी भाँचिएको छ भने दीपक रिमालको ढाडमा ठूलो चोट लागेको छ । घाइते थपलियाको शरिरका विभिन्न अंगमा घाउ, चोट र निलडाम छ ।
यसैबीच विहीबार काठमाडौँको त्रिभुवन विमानस्थलको मूल गेटमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्दा प्रहरीले लाठी प्रहार गरी रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती घाइते भएका थिए । घटनाको विरोध गर्दै नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि सरकारले ठाडो हस्तक्षेप गरेको गरी अधिनायकवादी र सर्वसत्तावादी चरित्र देखाएको जनाइएको छ ।
यसैवीच, त्रिभुवन विश्वविद्यालयले यस वर्ष हुने भनेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरेकोमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । नेविसंघका महामन्त्री बलदेव तिम्सिनाले त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनको सहमति बिना नै विषेश कारण देखाउदै अर्को निर्णय नभएसम्मका लागि स्ववियू निर्वाचन स्थगित गरेर स्ववियूको अस्तित्वमाथि नै घात पु¥याउन खोजेको आरोप लगाए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सरकार र त्रिभुवन विश्वविद्यालयको षड्यन्त्रपूर्ण तबरले स्ववियू निर्वाचन स्थगित गरेको आरोप लगाउँदै विद्यार्थी आन्दोलन ऐतिहासिक उपलब्धी स्ववियूलाई जोगाउने पक्षमा रहेको जनाएको छ । लोकतन्त्रका आधारभूत मुल्यमान्यतामाथि हस्तक्षेप गर्दै आएको बर्तमान सरकार र त्रिविविको स्वार्थ नमिलेका कारण सत्तारुढ निकट विद्यार्थी संगठनको सम्भावित पराजयबाट भाग्न स्ववियु निर्वाचन स्थगित गरिएको तिम्सिनाले आरोप लगाए । त्रिविविको यस्तो षडयन्त्रपूर्वक स्ववियू निर्वाचन स्थगित गर्ने हर्कतका विरुद्ध एकजुट हुन नेविसंघले आव्हान गरेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य...
काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न देशभरका वितरण केन्द्रलाई आवश्यक तयारी...
काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...