
नेपालगन्ज । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीभित्र नैतिकताको धरातल खस्किएको दुखेसो पोखेका छन् । पार्टीलाई उचाइमा पु¥याउन नैतिकताको खाँचो परिरहेको कोइरालाले जनाए । नेपाली कांग्रेस बाँकेले शनिबार आयोजना गरेको कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘नैतिकताको त्यो लडाईका लागि म तपाईहरुको साथमा छु, कांग्रेसलाई हामी पुरानो अवस्थामा फर्काउन सक्छौं, जबसम्म नैतिकतालाई माथी लैजान सक्दैनौं, तबसम्म नेपाली कांग्रेस कमजोर हुन्छ ।’
विपी कोइराला, गणेशमान सिंह लगायत नेताले नैतिकताको लडाई लडेको स्मरण गराउँदै उनले अहिले पार्टीमा नैतिकताको अभाव देखा परेको बताए । पार्टीको आसन्न महाधिवेशनमा आफु नेतृत्वमा आउने संकेत गर्दै कोइरालाले भने ‘म अब तपाईहरुलाई कुनै किसिमको अन्याय हुन दिन्न ।’ राजनीति गर्ने ब्यक्तिमा संस्कार र नैतिकता चाहिने बताउँदै पार्टीमा अहिले नैतिकताको ह्रास आएको उनको भनाई थियो । उनले भने ‘अहिलेसम्म पार्टी नेतृत्वमा आएका ब्यक्तिले आफ्ना कालखण्ड बिताइसकेका छन् । अब नयाँ अनुहार पार्टी नेतृत्वमा आउनुपर्छ ।’
कांग्रेस केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री दीपक गिरीले वर्तमान सरकारले जनतालाई उधारो आश्वासन मात्रै दिएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र समृद्धिको नारा दिएर जनतालाई झुक्याएको बताए । केन्द्रिय सदस्य चन्द्र भण्डारीले कांग्रेस कमजोर हुँदा देश कमजोर हुने बताए । कांग्रेसलाई अगाडि बढाउनका लागि अब पार्टीभित्रैबाट नयाँ डाक्टर खोज्नुपर्ने बताए ।
काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...