काठमाडौं । वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने स्पष्ट पारेका छन् । मन्त्री विश्वकर्माले राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु नहुने बताए । उनले भने,‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भने उनीहरुले बहुमत ल्याएकै दिनदेखि सरकार गठन गरिसक्नुभयो, तर निर्वाचन आयोगले दल दर्ताको लागि १५ दिनको समय तोक्छ, त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्छ, हामी त आयोगलाई सहजीकरण गर्ने हो, यसरी हेर्दा सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्छ।’ उनले आउने फागुण यता नयाँ सरकार नबने ठोकुवा गरे ।
मन्त्री विश्वकर्माले कांग्रेस प्रतिपक्षमा बस्न तयार छ, हामी रचनात्मक भूमिका निर्वाह गर्छौं, संविधानको पूर्ण कार्यान्वयन र समावेशी–समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्छौं।’ उनले आफूहरु सरकारबाट छिटोभन्दा छिटो छोड्ने तयारीमा रहेको बताए ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...