नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि २४ सै घण्टा खुला – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आज र भोलि २४ सै घण्टा खुला

काठमाडौं । माघे सङ्क्रान्ति मनाउन जान यात्रा गर्नेहरूका लागि सुविधाका लागि केही ठाउँमा बन्द हुने गरेको सडक पनि खुल्ने भएको छ । केही घण्टा बन्द हुँदैआएको नारायणगढ–मुग्लिन र बुटवल–पाल्पा सडक आइतबार र सोमबार बन्द नहुने भएको हो ।
सोमबारको माघे सङ्क्रान्तिको लागि २४ सै घण्टा सडक खुला गरिन लागिएको हो । यसअघि सडक दैनिक चार घण्टा बन्द हुने र काम हुने गरेको थियो ।
सडकमा राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका गाडी रोकेर काम हुँदै आएको छ ।
यसअघि आयोजनाले माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाटमा नुहाउन, दर्शन गर्न आउने भक्तजनहरूको सुविधाका लागि एक दिन सडक बन्द नगर्ने निर्णय गरेकोमा त्यसलाई परिमार्जन गरी सडक खुला गरिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन० का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।
२ गतेबाट फेरि सडक दैनिक ४ घण्टा बन्द हुने छ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गर्ने निर्णय भएको हो ।
बुटवल–पाल्पा सडक भने गएको १६ गतेदेखि एक सय दिनसम्मका लागि राति ६ घण्टा सडक बन्द गरिएको छ ।

सम्बन्धित समाचार

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०८० पुष २९, १३: २३

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...

एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
  • २०८० पुष २९, १३: २३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८० पुष २९, १३: २३

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...