माओवादीले गर्‍यो कारबाहीःदुईजना वैकल्पिक केन्द्रीय सदस्यलाई – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

माओवादीले गर्‍यो कारबाहीःदुईजना वैकल्पिक केन्द्रीय सदस्यलाई

काठमाडौँ । माओवादी केन्द्रले पार्टीका दुई जना केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।

पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा वैकल्पिक केन्द्रीय सदस्यहरू विरु तमाङ र उमा विकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।

माओवादीको २८ पुसमा बसेको स्थायी कमिटी बैठकले भक्तपुरका तामाङ र कपिलवस्तुकी विकलाई कारबाही गर्ने निर्णय गरेको परिपत्र जारी गरेको छ ।

यस्तै भूकम्प प्रभावित क्षेत्रमा चीनले सरकारको तर्फबाट वितरण गर्न लगिएको राहत सामग्री वितरणका गर्ने क्रममा विवाद उत्पन्न भई चिनियाँ टोली प्रमुख महिलामाथि हातपात भएको घटनालाई लिएर अर्का वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

वैकल्पिक केन्द्रीय सदस्य नैन प्रसाद पहाडीले प्राविधिक कारण देखाइ दिएको राजीनामालाई स्वीकृत गर्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ ।

सम्बन्धित समाचार

ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
ब्राजिलमा लुला चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित
  • २०८० माघ ३, १४: २१

काठमाडौं : ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न...

एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
एनपिएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने
  • २०८० माघ ३, १४: २१

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदै छ । व्यापक परिवर्तनसहित एनपीएलको नयाँ संस्करण आजदेखि...

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८० माघ ३, १४: २१

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...