उद्योग विभागको महानिर्देशकमा कोइराला – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

उद्योग विभागको महानिर्देशकमा कोइराला

काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा यज्ञ राज कोइराला नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तान्दै उनको ठाउँमा मन्त्रालयका सहसचिव कोइरालालाई पठाएको हो । उनले मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा हेर्दै आएका थिए ।

गौतमले विभागलाई गति दिन नसकेपछि कोइरालालाई पठाइएको मन्त्रालय स्रोतले जनाएको छ । ‘उद्योगीहरूको हितमा काम गर्न नसकेको गुनासोपछि गौतमलाई तान्नु परेको हो’, ती स्रोतले भने ‘निर्देशक र अधिकृतहरूसमेतलाई नै मिलाएर अघि बढ्न नसकेपछि उनी एक्लै जस्तो भएका थिए ।’

विभागलाई निकै महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ । देशको उद्योग प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका रहने विभागमा पछिल्लो समय नियमित कामकाज र आफ्ना रहर पुरा गर्ने निकायका रूपमा लिइँदै आइएको देखिन्छ । उद्योगधन्दाहरू दिनप्रतिदिन धरासायी हुँदै जानु र नयाँ सञ्चालनको गतिसमेत सुस्त रहनुले पनि यसलाई पुष्टि गर्दछ ।

औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्नेदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृति प्रदान गर्दै विदेशी लगानीकर्ताहरूको प्रवेशाज्ञा सिफारिस गर्ने जिम्मेवारी विभागकै रहेको छ।

औद्योगिक एवं विदेशी लगानी कानुन र नीतिको तर्जुमा गर्न सघाउ पुर्‍याउँदै उद्योग दर्ता एवं अनुमति लिनु पर्ने उद्योगको अनुमति प्रदान गर्ने, औद्योगिक सुविधा तथा सहुलियत सिफारिस गर्ने, उद्योगहरूको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, आवश्यकताअनुसार उद्योगहरूको वातावरणीय पक्ष लगायतका विषयहरूको अनुगमनका साथै भारत निकासी हुने औद्योगिक वस्तुहरूको उत्पत्तिको प्रमाण पत्र जारी गर्न सहयोग गर्ने र औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड र एकल बिन्दु सेवा केन्द्रको सचिवालयको कार्यसमेत विभागले गर्दै आएको छ ।

सम्बन्धित समाचार

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८० माघ ४, ११: २७

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०८० माघ ४, ११: २७

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौंबाट बाहिरिए
  • २०८० माघ ४, ११: २७

काठमाडौं : नेपालीको महान चाड बडादसैं मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका...