परीक्षणको समयमा बाधाहुने गरी क्रियाकलाप नगर्न अस्पतालको आदेश – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

परीक्षणको समयमा बाधाहुने गरी क्रियाकलाप नगर्न अस्पतालको आदेश

काठमाडौं । शिक्षण अस्पतालमा बिरामीको परीक्षण भइरहेको समयमा औषधि लगायतका सामानको प्रचार नगर्न आग्रह गरेको छ । अस्पतालले बिहीबार सूचना निकाल्दै ओपिडी वार्ड तथा ओटीलगायतका स्थानमा एमआरहरु जाने र औषधि लगायतका सामानको प्रचारप्रसार नगर्न आग्रह गरेको हो ।

विभिन्न कम्पनीका मानिसहरु आई सामान बेच्ने , ल्याब टेस्टका लागि रगत सङ्कलन गरी प्राइभेट ल्याबमा लगेर जथाभावी पैसा असुल गर्ने जस्ता क्रियाकलाप गरी उपचार कार्यमा नै बाधा पुर्‍याएको भनी जनगुनासो आएका कारण अस्पतालले यस्तो आग्रह गरेको हो ।

अस्पतालले त्यस्तो कार्य नगर्न/नगराउन सम्बन्धित सबैमा यसै सूचना मार्फत सूचित गरेको छ ।

बिरामीको उपचार कार्यमा बाधा पुग्ने गरी यस्तो क्रियाकलाप गरेमा जो कोहीलाई नियमानुसार कारवाही गर्ने अस्पतालले सूचनामा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८० माघ ४, १६: २२

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०८० माघ ४, १६: २२

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०८० माघ ४, १६: २२

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...