कोरोना संक्रमित ६२ थपिए, वाँकेमा ४७, कूल संक्रमित ३ सय ५७ जना – Naya Bikalpa
September 17, 2026, Thursday      Epaper

कोरोना संक्रमित ६२ थपिए, वाँकेमा ४७, कूल संक्रमित ३ सय ५७ जना

कठमाडौं । कोरोना संक्रमण आज सोमबार एकै दिन ६२ जनामा देखिएपछि संक्रमितको सख्या तीन सय ५७ पुगेको छ ।
वाँकेको नरौनापुरका २५ वर्षे युवाको कोरोना भाइरसको परिक्षण नै नगरी क्वारेन्टाइनमा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले वाँकेमा नमुना परिक्षणको कार्य बढाएसँगै आज एकै दिनमा ४७ जनामा संक्रमण पुष्टी भएको हो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार वाँके जिल्लामा ४6 जना पुरुष र १ जना महिला गरी ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । योसँगै वाँके जिल्लामा संक्रमितको सँख्या ८१ पुगेको छ । वाँकेमा यसअभि ३४ जना संक्रमित भएको पुष्टी भएको छ । पर्षामा ९१ जना संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज सोमबार रौतहटमा १० जनामा र मोरङ,गुल्मी, धनुषा,वारा धादिङ र दाङमा एक÷एक जनामा संक्रमण भएको पुष्टी भएको थियो ।
आइतबार संक्रमितको सख्या दुई सय ९५ मात्र थियो । प्रवक्ता डा. देवकोटाले क्वारेन्टाइनमा २० हजार ९० जना र आइसोलेसनमा चार सय १२ जनालाई राखिएको वताए ।
सरकारले हालसम्म पिसिआर प्रविधिबाट ३० हजार सात सय २३ जनाको परिक्षण गरेको छ भने ६९ हजार पाँच सय ६० जनामा आरडीटी प्रविधिबाट नमुना परिक्षण गरेको छ ।
नेपालमा कोरोना संक्रमणबाट फागुनमा १ जना, चैतमा १२ जना र वैशाखमा दुई सय ९१ जना संक्रमित भएका थिए । संक्रमितमध्ये दुई सय ९८ जना पुरुष र ५९ जना महिला छन् । तिमध्ये एक महिला र एक पुरुषको कोरोनाकै कारणले निधन भइसकेको छ ।
हालसम्म प्रदेश १ मा ४० जना, प्रदेश २ मा एक सय ३२ जना, वागमती प्रदेशमा १८ जना, गण्डकी प्रदेशमा तीन जना, प्रदेश ५ मा एक सय ५९ जना र सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ ।

सम्बन्धित समाचार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
  • २०७७ जेष्ठ ५, १८: ३९

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...

कृष्णभीरमा बाटो खुल्यो
कृष्णभीरमा बाटो खुल्यो
  • २०७७ जेष्ठ ५, १८: ३९

काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...

अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
अर्थमन्त्री वाग्ले आज भारत भ्रमणमा जाँदै, सीतारमण र जयशंकरसँग भेटवार्ता हुने
  • २०७७ जेष्ठ ५, १८: ३९

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...