
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट तेश्रो व्यक्तिको मृत्यु भएको छ ।
गुल्मीको मदाने गाउँपालिकाका स्थायी घर भएको शिक्षण पेशामा आवद्ध ४१ वर्षे पुरुषको उपचारको क्रममा रुपन्देहीको मणीग्रामस्थित क्रिमसन अस्पतालमा आज विहाना मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विहिबार आयोजित नियमित पत्रकारसम्मेलनमा भेण्टिलेटरमा राखेर उपचाररत ति पुरुषको निधन भएको पुष्टी गरेका हुन् । उनको निधनपछि परिवारजनले अस्पतालको लापरवाहीले निधन भएको भन्दै शव उठाएका छैनन् ।
मन्त्रालयका अनुसार झापाको कचनकवल गाउँपालिकामा आज ८ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि आजै मन्त्रालयले विज्ञप्ती जारी गर्दै कचनकवलमै १५ जना क्वारेन्टाइनमा रहेकालाई कोरोना पुष्टी भएको जनाएको थियो । यसअघि त्यहाँ १० जना संक्रमित भेटिएका थिए । यो सँगै कचनकवलमा संक्रमितको सख्या ३३ पुगेको छ ।
संक्रमितहरु १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका पुरुष रहेका छन् । संक्रमित सबैजनालाई स्थानीय लक्ष्मी देवकोट माध्यमिक विद्यालय कचनकवलमा राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको कचनकवलमा संक्रमण फैलिएपछि सो क्षेत्रमा कडा सुरक्षा गरिएको छ । आजै रुपन्देहीमा २७ वर्षे पुरुषमा पनि कोरोनाको संक्रमण पुष्टी भएको छ ।
कोरोना संक्रमित ४ सय ५३ मध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका छन् ।
संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश ५ मा १ सय ९७ जना र प्रदेश २ मा १ सय ३६ जना रहेका छन् । त्यस्तै, प्रदेश १ मा ८४, वागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, सुदूरपश्चिम प्रदेशमा ५ जना र कर्णाली प्रदेशमा १ जना संक्रमित छन् ।
कोभिड १९ बाट संक्रमित भइ हाल काठमाडौंमा उपचार गराई रहेका ४ जना ९ दिनपछि डिष्चार्ज भएका छन् । २३ र २५ वर्षे महिला तथा २७ र ३७ वर्षका पुरुष निको भइ घर फर्केका हुन् ।
मन्त्रालयले ३८ हजार ७ सय ३६ जनाको पिसिआर प्रविधिबाट परिक्षण गरिएको जनाएको छ । आरडीटीबाट भने ७८ हजार ६ सय ९५ जनाको नमुना परिक्षण गरिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...