कोरोनाका ३२ नयाँ संक्रमित, जम्मा ५ सय ४८ मा संक्रमण, सर्लाहीमा १३ थपिए – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

कोरोनाका ३२ नयाँ संक्रमित, जम्मा ५ सय ४८ मा संक्रमण, सर्लाहीमा १३ थपिए

काठमाडौं । शनिबार सर्लाही र रुपन्देहीसहित ५ जिल्लामा ३२ जना कोरोनाका नयाँ संक्रमित देखिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको सख्या बढेर ५ सय ४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले पछिल्लो दुई दिनमा प्रदेश २ को सर्लाही जिल्लास्थित गोडैता, कविलासी र रामनगर वहुअर्वामा २८ जना कोरोनाका नयाँ संक्रमित देखिएको पुष्टी गरेको छ ।
जसअनुसार सर्लाहीको गोडैता र कविलासीमा १८ देखि ३५ वर्ष उमेरका १३ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । गोडैता र रामनगर वहुअर्वामा शुक्रबार मात्र १३ जना नयाँ संक्रमित भेटिएका थिए ।
यसैगरी, प्रदेश ५ को रुपन्देहीस्थित गैडहवा र रोहिणी गाउँपालिकामा २० वर्षे २ जना, २४ वर्षे २ जना, ३० वर्षे २ जना, २७ वर्षे र ५५ वर्षे गरी ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेश ५ को कपिलवस्तु जिल्लाको वाणगंगाकी २७ वर्षे एक महिला, १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश २ को वारा जिल्ला करैयामाईकी ३७ वर्षे महिला र वागमति प्रदेशको चितवनस्थित भरतपुर महानगरपालिका ६ का ५२ वर्षे पुरुषमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
काठमाडौंमा पनि ३५ वर्षे युवामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै काठमाडौंमा कोरोना संक्रमितको सख्या बढेर ११ पुगेको छ । संक्रमितमध्ये ३ जना निको भएर घर फर्किसकेका छन् ।
शुक्रबार राति मात्र वागमति प्रदेशको राजधानी हेटौंडामा १ जना ५४ वर्षे महिला, भक्तपुरमा ४२ वर्षे महिला, वारा सिमौनगढका ६ जना पुरुष र सप्तरीको बलान विहुनमा ३५ वर्षे पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७७ जेष्ठ १०, १३: ५२

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
  • २०७७ जेष्ठ १०, १३: ५२

काठमाडौं : राष्ट्रपति रामचन्द्र पाैडेलसँग कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार...

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ जेष्ठ १०, १३: ५२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...