भिटिएम अभावमा परिक्षण नहुँदा क्वारेन्टाइनमा वसेका झापालीमा त्रास – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

भिटिएम अभावमा परिक्षण नहुँदा क्वारेन्टाइनमा वसेका झापालीमा त्रास

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा भारतबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बसेका नेपालीहरु यतिवेला कोभिड १९ को परिक्षण नहुँदा त्रासमा बसेका छन् ।
विशेष गरी भारतसँग सीमा जोडिएका भद्रपुर र काकरभित्ताबाट नेपाल आएकालाई स्थानीय तहले क्वारेन्टाइनमा राखेपनि कोरोना भाइरसको संक्रमण भए नभएको यकिन गर्न नमुना परिक्षण एक सातादेखि हुन नकेपछि त्रास र भय देखिएको हो ।
झापाको भद्रपुर नगरपालिकास्थित कलबलगुडी, मेची क्याम्पस, लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालय लगायतका स्थानमा क्वारेन्टाइनमा बसेका सबैको स्वाब परिक्षण भएको छैन ।
कोरोना संक्रमित सबैभन्दा बढी भएको जिल्लामा झापा पनि पर्छ । बाँके, पर्षा र कपिलबस्तुपछि झापामा धेरै संक्रमित देखिएका छन् । सरकारले लकडाउन शुरु गरेपछि भारतबाट नेपालमा करिव ८ सय २२ जना आएकामध्ये १ सय ५० जनाको आरडीटी परिक्षण भएको छ ।
झापाको कचनकवलमा मात्र कोरोना संक्रमितको सख्या ३४ पुगेको छ । आरडीटी र पिसिआर विधिबाट सम्भावित संक्रमितको नमुना परिक्षणको लागि आवश्यक किट र भिटिएमको अभाव भएको भन्दै जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले प्रदेश सरकारलाई गुहारेका छन् ।
उनले भिटिएम नहुँदा झण्डै ५ सय जनालाई पिसिआर विधिबाट परिक्षण गर्न नसकेको बताएका छन् । भिटिएम र आरडीटीको किट खरिद गर्न समेत आफूहरुले नपाएको उनको गुनासो छ ।
कोरोना संक्रमितको इपिसेन्टर बनेको कचनवलको विभिन्न विद्यालयको क्वारेन्टाइनमा अहिले पनि २ सय १२ जना रहेका छन् । क्वारेन्टाइएनमा बसेकामध्ये अझै ५ सय जतिको नमुना परिक्षण हुन वाँकी छ ।
भारतीय सीमाबाट नेपालमा लुकीछिपी कोही नआउन भनेर भारतको पश्चिम बंगाल र विहारसँग सीमा जोडिएको १ सय ४४ किलोमिटर लामो बोर्डरमा १ सय ५९ वटा शसस्त्रको पोष्ट राखिएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टइन झापामा नहुँदा ति स्थानलाई सम्भावित संक्रमितको लागि होल्डिङ सेन्टरको रुपमा विकास गरिएको पोर्तेलले जनाएका छन् ।
झापामा एक हजार ८ सय ९१ जना अट्ने क्षमताको ३३ वटा क्वारेन्टाइन छन् । तर भारतीय सीमा पानीटंकीमा करिव एक हजार २ सय जना नेपाली नेपाल आउनको लागि प्रतिक्षामा छन् । तर नेपालका सुरक्षाकर्मीले रोकिरहेका छन् ।
करिव १२ सय नेपालीलाई झापाका विभिन्न क्वारेन्टाइनमा राख्ने क्षमता नभएपछि सरकारले नेपाल छिर्नबाट अवरोध गरेपछि दिन प्रतिदिन लुकिछिपी आउनेको सख्या बढ्दै गएको छ ।
झापामा कोरोना संक्रमित भएकालाई राज्यले अस्पताल वा सुविधासम्पन्न होटलमा राख्ने स्थान छैन । त्यसैले यतिवेला संक्रमितहरु विद्यालय र क्याम्पसमा बनाइएका क्वारेन्टाइनमा बस्न बाध्य छन् ।
झापामा कोरोना संक्रमितको स्वास्थ्यमा खरावी आएमा आइसोलेसनको मापदण्ड पुगेको अस्पताल छैन । यहाँका संक्रमितलाई सुविधासम्पन्न आइसोलेसनमा राख्न करिव एक सय ५० किलोमिटर टाढा रहेको बिराटनगरस्थि कोशी अञ्चल अस्पताल जानु पर्ने बाध्यता छ ।
शनिबार र आइतबार गरेर झण्डै पाँच सय बढीको नमुना परिक्षण गर्ने गरी भिटिएम झापामा आए पनि परिक्षण अझै भएको छैन ।

सम्बन्धित समाचार

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने
  • २०७७ जेष्ठ ११, ११: ४४

काठमाडौं : चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद् राहत प्रयासका लागि...

कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
कोरलाबाट भित्रिएका सामान चोभारमै जाँचपास गर्न सकिने
  • २०७७ जेष्ठ ११, ११: ४४

काठमाडौँ : चीनसँगको कोरला नाकाबाट भित्रिएका वस्तुको भन्सार जाँचपास अब काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट गर्न सकिने भएको छ...

भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
भोटेकोशीका बाढीपीडितको पुनर्स्थापना यथाशीघ्र गरिने, सुरक्षित जग्गा पहिचान गर्न समिति गठन
  • २०७७ जेष्ठ ११, ११: ४४

काठमाडौं : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित...