
काठमाडौं । वारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नंम्वर ७ निवासी ७० वर्षे पुरुषको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ ।
गत जेठ ३ गते वीरगंजस्थित नेसनल मेडिकल कलेजमा भर्ना भएका ति बृद्धको भोलीपल्ट जेठ ४ गते निधन भएको थियो । उनको स्वाब परिक्षणको लागि नमुना संकलन जेठ ४ गते गरिए पनि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले आज मात्र उनको निधन कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टी गरेको हो ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको स्वाबको नमुना परिक्षणको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको कोभिड १९ पोजेटिभ देखिएपछि काठमाडौंको टेकु स्थि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा समेत पोजेटिभ देखिएको जनाए ।
मन्त्रालयले ७० वर्षे ति पुरुषमा क्यान्सर र स्वासप्रस्वास रोगको संक्रमण रहेको जनाए । यो सँगै नेपालमा कोभिड १९ वाट निधन हुनेको सख्या ४ पुगेको छ ।
निधन भएका ४ मध्ये क्रिमसन अस्पतालमा उपचारको क्रममा निधन भएका गुल्मी मदानेका पुरुषमा मात्र कोभिड १९ को संक्रमण भएको जानकारी जिउँदो हुँदै अस्पताले दिएको थियो ।
सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँके नरैनापुरको क्वारेन्टाइनमा निधन भएका पुरुष र कलैयाका यि ७० वर्षे पुरुषको निधन नहुँदै कोरोनाको संक्रमण भएको रिपोर्ट आउन सकेको थिएन ।
नेपालमा आज सोमबार एकै दिन ७९ जनामा कोभिड १९ पोजेटिभ भएको मन्त्रालयले जनाएको छ । जसअनुसार मन्त्रालयले विहान ११ वजे विज्ञप्तीमार्फत ९ जिल्लाका ७२ जना कोरोनाको संक्रमित भएको जनाएको थियो । भने बेलुकी ४ बजे ७ जनामा संक्रमण देखिएको जनाएको छ ।
भर्खरै मन्त्रालयले दिएको जानकारी अनुसार अछामको मेल्लेखका ३२ वर्षे पुरुष १ जना, बर्दियाको गुलरिया नगरपालिका १० का २२ र २४ वर्षे पुरुष तथा गुलरिया २ का १८ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ ।
पर्षाको जिराभवानीका १८ वर्षे पुरुष तथा काठमाडौं १५ घर भइ हाल कलैयामा रहेका २८ वर्षे पुरुषको कोरोना संक्रमण देखिएको छ ।
कोरोनाको संक्रमण प्रदेश ५ मा २ सय ९२ जना, प्रदेश २ मा २ सय ३५जना, प्रदेश १ मा ८६ जना, बागमति प्रदेशमा ३८ जना, गण्डकी प्रदेशमा ५ जना, कर्णाली प्रदेशमा ११ जना र सूदुरपश्चिम प्रदेशमा १५ जनामा देखिएको पुष्टी भएको छ ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...
काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...