कोरोना संक्रमित ७ सय ७२ पुगे, मंगलबार ९० जनामा संक्रमणको पुष्टी – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

कोरोना संक्रमित ७ सय ७२ पुगे, मंगलबार ९० जनामा संक्रमणको पुष्टी

काठमाडौं । मुलुकमा मंगलबार एकै दिन ९० जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण भएकाको सख्या सात सय ७२ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल टेकुमा गरिएको परिक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसअनुसार महोत्तरीको मनरामा २, बारामा बस्ने जुम्लाका ३५ र ३६ वर्षका २, प्रसौनी गाउँपालिकाका ३ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
रौतहटको गौर नगरपालिकामा ८, देवाही गोनाही गाउँपालिका ६, कटहरियाका ६, राजदेवी र गरुडा नगरपालिकाका १÷१ जनामा कोरोनो संक्रमण देखिएको छ । सिरहाको नवराजपुरमा १, भगवानपुरका ४ र धनुषाको मुखियापट्टी मुसहरियाका २२ वर्षे १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
कपिलबस्तु जिल्लाको यसोधारा गाउँपालिकामा २ वर्षे वालिका १ जना र १९ देखि ५५ वर्षसम्मका २३ जना, मायादेवी गाउँपालिकामा २ जना, अर्घाखाँचीको कमलामाविमा २ जना, गल्मीको धुर्कोटमा २ र रुपन्देहीको लुम्विनी अस्पतालका १ जना २२ वर्षे पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
सेती प्रयोगशालमा गरिएको परिक्षणबाट कैलाली र अछामका १÷१ जनामा, पोखरामा गरिएको परिक्षणबाट स्याङ्जा वालिङ नगरपालिका ७ का २ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले मंगलबार पुष्टी गरेको छ ।
सुर्खेतको विरेन्द्रनगरमा ८ जनामा, भेरीगंगामा २ जनामा, सिम्तामा २ जनामा कोभिड १९ पोजेटिभ देखिएको छ । वाँकेको नेपालगंजमा १, दुधवामा ५, राप्ती सोनारीमा २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सरकारले कोरोना संक्रमित भएको आशंकामा हाल देशभर ५५ हजार २ सय ८२ जनालाई क्वारेन्टाइनमा राखेको छ भने ५ सय ८२ जनालाई उपचारको क्रममा आइसोलेसनमा राखेको दाबी गरेको छ ।
कोरोनाको संक्रमण देशका ४६ जिल्लामा फैलिएको छ । संक्रमितहरु सबैभन्दा धेरै प्रदेश ५ मा ३ सय ३१ जना रहेका छन् भने प्रदेश २ मा २ सय ६८ जनामा संक्रमण देखिएको छ ।
मंगलबार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा आइसोलेसनमा बसेका ४३ जना निको भएर डिष्चार्ज भएका छन् । उनीहरु ७ देखि ५३ वर्ष उमेरका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको भएरर घर फर्कनेको सख्या १ सय ५५ रहेको छ । त्यसमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन् ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ जेष्ठ १३, १९: ००

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ जेष्ठ १३, १९: ००

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ जेष्ठ १३, १९: ००

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...