
कठमाडौं । विहीबार देशका २० जिल्लामा एकै पटक एक सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले विहीबार दिउँसो दिएको जानकारी अनुसार कोरोनाका संक्रमित सूदुरपश्चिमको बझाङ र दार्चुला वागमती प्रदेशको दोलखा र प्रदेश १ को सोलुमा समेत देखिएपछि संक्रमण फैलिएको जिल्लाको संख्या पनि ५१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनुषामा २९, झापामा २५, रौतहटमा २०,सप्तरीमा १४, महोत्तरीमा १७, सुर्खेतमा १३, दैलेखमा ८, सर्लाहीमा ७, सिरहामा ६, बर्दियामा ३, स्याङ्जामा ३, मकवानपुरमा २ र दोलखामा २ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको जनाए ।
त्यस्तै, पूर्वी नवलपरासीमा १, सोलुखुम्वुमा १, बझाङमा १, दार्चुलामा १ र नेपालगञ्जमा १ जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । सुर्खेतमा २ र ५ वर्षका वालक, १ जना बोल्न नसक्ने, र ४ महिलालाई कोरोनाको संक्रमण देखिएको हो ।
कोरोना संक्रमितको सख्या बढेसँगै आइसोलेसनमा राखेर उपचारपछि एक सय ४४ जना पुरुष र ४३ जना महिलासहित १ सय ८७ जना डिष्चार्ज भएका छन् । पिसिआर प्रविधिबाट कोरोना आशंकित व्यक्तिको स्वाव परिक्षणको सख्या बढाएसँगै संक्रमितको सख्या एक हजार नाघेको छ ।
सरकारले पिसिआर प्रविधिबाट हालसम्म ६० हजार ६ सय ९६ जनाको स्वाव लिएर नमुना परिक्षण गरिसकेको छ । हाल आइसोलेसनमा ८ सय ५० जना छन् । क्वारेन्टाइनमा बस्नेको सख्या ८६ हजार ५७ पुगेको छ ।
केरोना संक्रमितको सख्या प्रदेश २ मा ४ सय १५ पुगेको छ । यहाँका ८ वटै जिल्लामा संक्रमण फैलिएको हो । त्यस्तै, प्रदेश ५ का ९ जिल्लाका ३ सय ६९ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा १ सय २९ जना, बागमति प्रदेशमा ४४ जना, गण्डकी प्रदेशका ४ जिल्लामा १७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
सूदुरपश्चिम प्रदेशको ९ जिल्लामध्ये ७ जिल्लाका २१ मा कोरोनाको संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेशको ३ जिल्लामा ४७ जनामा संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।
संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...