
काठमाडौं । भजन शिरोमणि वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको सोमबार निधन भएको छ। ललितपुर भैंसेपाटीस्थि मेडिसिटी अस्पतालमा उनको निधन भएको हो।
आचार्यको ८२ वर्षको उमेरमा निधन भएको हो। बिगत लामो समयदेखि विमारी भएका आचार्यले झण्डै चार सय गीतमा स्वर तथा संगीत दिएका छन्। स्वरसम्राट नारायणगोपालका समकालीन गायक आचार्यको जन्म विसं १९९९ मा धनकुटामा भएको थियो ।
नेपाली सुगम संगीतमा विशिष्ट योगदान दिएका आचार्यका मुटु जलिरहेछ.., जति चोट दिन्छौ देउ मायालु …, जहाँ छन् बुद्धका आँखा …, हजार सपनाहरुको.. हजार आँखा हेर्ने… लगायत गीत लोकप्रिय छन् ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...