
काठमाडौं । नेपालमा मंगलबार थप दुई सय ८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । संक्रमितमध्ये दुई २ सय ७० जना पुरुष रहेका छन् भने १८ जना महिला छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप दुई सय ८८ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ । कुल संक्रमितमध्ये एक हजार नौ सय ४९ जना पुरुष र एक सय ५० जना महिला रहेका छन् ।
संक्रमितको संख्या बढेसँगै देशभरबाट मंगलबार नै ४५ जना डिस्चार्ज भएका छन् । शिक्षण अस्पतालबाट महाराजगंजबाट एक जना,गुल्मी अस्पतालबाट एक जना, भीम अस्पतालबाट २५ जना, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना निको भएर घर फर्किएका हुन । योसँगै डिष्चार्ज हुनेको कुल सँख्या दुई सय ६६ जना भएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...
काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...