
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । सुर्खेतको पञ्चकुलका एक पुरुषको २२ गते विहीबार कोरानाको कारण मृत्यु भएको हो । उनको आरडीटी परिक्षणबाट नेगेटिभ आएको भन्दै घर गएपछि मृत्यु भएको थियो ।
शुक्रबार संक्रमित दुई सय ७८ जना थपिएका छन् । संक्रमण पछिल्लो चार दिनदेखि दैलेख जिल्लामा फैलिएको छ । कर्णाली प्रदेशको दैलेख जिल्लाको नारायण नगरपालिका क्षेत्रमा मात्रै संक्रमितको सख्या २ सय नाघेको छ । दैलेखमा शुक्रबार मात्र ९० जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हिमाली जिल्लाहरु जुम्लामा ३ जना, हुम्लामा १ जना, जुम्लामा रामेछाप र गोरखाका ३ जनामा कोरोना पुष्टी भएको छ । कपिलबस्तुमा ८ महिने वालकसहित ४४ जनामा, दाङमा २ जनामा, महोत्तरीमा १७ जनामा रौतहटमा ६ जनामा, धनुषामा ४ जनामा, गुल्मी र काश्कीमा १÷१ जनामा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै, झापामा १२ जनामा, रामेछापमा १७ जनामा, काभ्रेमा ५ जनामा, कैलालीमा ४ जनामा बझाङमा १ जनामा र डडेलधुरामा ५ जनामा संक्रमण देखिएको छ । सुनसरीमा २१, मोरङमा ६, रुपन्देहीमा १८, अर्घाखाँचीमा १, नवलपरासीमा २, पाल्पामा १, सिन्धुलीमा २, वारामा ४, तनहुँमा २ र भोजपुरमा ५ जनामा संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश नम्वर २ मा नौ सय ८३ जना संक्रमित छन भने प्रदेश ५ मा नौ सय ६५ जना संक्रमित भएका छन् । प्रदेश १ मा दुइ सय ४२, बागमति प्रदेशमा ८८, गण्डकी प्रदेशमा ६७, कर्णाली प्रदेशमा चार सय ९९ र सूदुरपश्चिम प्रदेशमा ९१ जनामा संक्रमण देखिएको छ ।
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे...
काठमाडौं : कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि खोलिएको नयाँ ट्र्याक सञ्चालनमा आएको छ। भासिएको पुरानो सडकको केही माथिबाट खोलिएको...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा आज तीनदिने भारत भ्रमणमा जाँदैछन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत...