
काठमाडौं । विश्वव्यापी महामारीको रूप लिएको कोभिड १९ को संक्रमणका कारण सरकारले गत वर्ष चैत ११ गतेदेखि लगाएको लक डाउनको स्वरुपमा सरकारले परिवर्तन गरी केही खुकुलो बनाएको छ ।
मन्त्रीपरिषद्को हालै बसेको बैठकले गत जेठ २ र २८ तथा असार १५ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएका आदेशमा केही हेरफेर र थप गरी मिति २०७७ साउन ६ गते मङ्गलबार मध्यरातसम्मका लागि नेपालभर लागू हुने गरी निरन्तरता दिने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि तथा अर्थ मन्त्री डा. युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारी साधनबाहेकका अन्य यात्रुबाहक सार्वजनिक सवारी साधनहरु जोर गते जोर नम्वर प्लेटका र विजोर गते विजोर नम्वर प्लेटका सवारी साधन संचालन गर्न पाइने व्यवस्था भएको छ ।
काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन चालकबाहेक थप जनासम्म र परिवारभित्रका ५ वर्षसम्मका बालबालिका मात्र सवार हुने र जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी मोटरसाइकलस पनि संचालन गर्न पाउने भएको छ ।
काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने ट्याक्सी चालकबाहेक बढीमा २ जनासम्म र परिवारभित्रका ५ वर्षसम्मका बालबालिका मात्र सवार हुन पाउने गरी लक डाउनको कडीकडाईलाई केही खुकुलो गरिएको छ ।
काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक यातायात चालकसहित सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु रहने, एक पङ्क्तिको सिटमा सामाजिक दूरी कायम हुने गरी १ जना मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले समेत अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्नु पर्ने व्यवस्था सरकारले गरेको छ ।
ट्याक्सीबाहेकका अन्य सवारी साधनका हकमा तोकिएको भाडा दरको पचास प्रतिशतसम्म थप भाडा लिन पाउनेछ ।
उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधन सिटको एक लहरमा एक जना यात्रु मात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्नु पर्ने छ ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...