चुनावपछि वाम गठबन्धन समाप्त हुन्छ: दिलेन्द्र बडू – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

चुनावपछि वाम गठबन्धन समाप्त हुन्छ: दिलेन्द्र बडू

दार्चुला, २३ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने बताउनुभएको छ ।

नेपाली काँग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै उहाँले चुनावपछि गठबन्धन बिलाएर जाने ठोकुवा गर्नुभयो ।

“वामपन्थीको षडयन्त्र देखेर नेपाली जनता सशंकित भएका छन्,” उहाँले भन्नुभयो । देशलाई अस्थिरतातर्फ लग्ने षड्यन्त्र भइरहेकाले उहाँको भनाइ थियो । संविधानको पूर्ण रुपमा कार्यान्वयन र रक्षाका लागि काँग्रेसलाई मतदान गर्नुपर्ने नेता बडूले बताउनुभयो ।

“लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक छ,” उहाँले भन्नुभयो । कम्युनिष्ट अधिनायकवाद लाद्ने उद्देश्यका साथ एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको उहाँले आरोप लगाउनुभयो । संविधानसभाबाट जारी भएको संविधानलाई कुल्चने मनसायका साथ वाम गठबन्धन बनेको नेता बडूको भनाइ थियो ।

“कांग्रेस हार्दा जिल्लाको विकासमा बाधा पुग्छ, त्यसैले अबको चुनावमा कांग्रेस जित्छ,” उहाँले भन्नुभयो ।

आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । उहाँले महाकाली र चौलानी नदीलाई राष्ट्रिय तीर्थस्थल बनाइने बताउनुभयो ।

प्रदेश सभा ‘क’ का उम्मेदवार मदन गिरीले वाम गठबन्धनप्रति जनताको विश्वास गुमेकाले आफूलगायत काँग्रेसका सम्पूर्ण उम्मेदवारले जित्ने बताउनुभयो । (रासस)

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७४ कार्तिक २३, ०९: ५२

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७४ कार्तिक २३, ०९: ५२

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७४ कार्तिक २३, ०९: ५२

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...