
काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आगामी १५औं महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन्।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित निकटतम् प्रतिद्वन्द्वी भएका कारण अब सभापतिमा स्वतः दाबी रहने बताएका हुन्।
उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको बताउँदै उम्मेदवारीलाई अन्यथा लिन नहुने जिकिर गरे। कोइरालाले मुलुकलाई स्थायित्व दिन ठूला दलबीच समीकरण बनेको भन्दै यसलाई सफल बनाउनुपर्ने बताए।
उनले राजनीतिक स्थायित्वका लागि संविधानमा सुधार गर्नुपर्ने र निर्वाचन प्रणाली संशोधन आवश्यक रहेको पनि उल्लेख गरे।
कोशी प्रदेश सरकारका बिषयमा केन्द्रमा छलफल भइरहेकाले एक साताभित्र कांग्रेस सहभागी हुने सम्भावना रहेको जानकारी कोइरालाले दिए।
नेता डा. कोइराला १४औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्दा शेरबहादुर देउवासँग पराजित भएका थिए।
उनी पहिलो चरणमै प्रतिष्पर्धाको रिङबाट पराजित भए पनि तेश्रो र र चौथो कम मत ल्याउने केन्द्रीय सदस्यहरु प्रकाशकान सिंह र विमलेन्द्र निधिभन्दा कोइरालाले चार दोब्बर मत ल्याएका थिए।
पहिलो चरणमा धेरै मत ल्याए पनि देउवाले खसेको मतको ५० प्रतिशत बढी मत नपाउँदा दोश्रो चरणमा भएको निर्वाचनमा कोइराला नै प्रतिष्र्धामा थिए।
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुख, शान्ति र समृद्धिको कामनासहित आज देशभर छठ पर्व मनाइँदैछ । चार...