
काठमाडौं। फुटवल खेलका विश्वचर्चित खेलाडी तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ९००औं गोल गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्।
नेसन्स लिगमा क्रोएसियाविरुद्धको खेलमा पोर्चुगलका लागि ३९ वर्षीय रोनाल्डोले गोल गर्दै २–० को जित दिलाए।
यो गोल उनको देशका लागि १३१ औं गोल हो भने उनले स्पोर्टिङ लिस्बन, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र हालको क्लब अल नासरका लागि क्लब स्तरमा गोल गरेका छन्।
उनले ७ अक्टोबर २००२ मा १७ वर्ष आठ महिना तीन दिनको उमेरमा पोर्चुगलको स्पोर्टिङका लागि दुई गोल गरेका थिए।
सन् २००९ मा विश्व कीर्तिमानी ९४ मिलियन युरोमा रियल मड्रिडमा सामेल हुनुअघि उनी म्यानचेस्टर युनाइटेडमा सरेका थिए।
युभेन्टसमा सामेल हुन इटाली जानुअघि स्पेनिस जायन्ट्समा नौ वर्षमा उनले ४३८ खेलमा ४५० गोल गरेका थिए।
उनले इटालियन क्लबको साथ आफ्नो तीन वर्षको दौडान युनाइटेडमा फर्कनु अघि आफ्नो तालिकामा थप १०१ गोल थपे। जहाँ उनले ५४ खेलमा २७ गोल गरे।
तर उनको खेल यात्रा रोर्किन्। उनी अहिले साउदी अरबको अल–नासरबाट खेलिरहेका छन्। उनले अहिलेसम्म ६८ गोल गरिसकेका छन्। रोनाल्डोका प्रतिद्वन्द्वी लियोनल मेसीले अहिलेसम्म ८ सय ६७ गोल गरेका छन्।
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...