ओबामाका दाजु इबोङ्गो मलिक ट्रम्पको समर्थनमा उत्रिए – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

ओबामाका दाजु इबोङ्गो मलिक ट्रम्पको समर्थनमा उत्रिए

काठमाडौं। अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाका दाजु इबोङ्गो मलिक ओबामाले डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका छन्।

मलिक ओबामाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई समर्थन गर्ने घोषणा गरेका हुन्।

उनले भनेका छ्– ‘म मलिक ओबामा हुँ, म रिपब्लिकन पार्टीको एक दर्ता मतदाता हुँ र म डोनाल्ड ट्रम्पलाई भोट दिनेछु। ट्रम्प हृदयदेखि बोल्छन्।’

बाराक ओबामाका सौतेनी दाजु मलिक ओबामाले जो बाइडेन र हिलारी क्लिन्टनको समयमा पनि डोनाल्ड ट्रम्पलाई समर्थन गरेका थिए।

अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै मलिक ओबामाले ट्रम्पलाई मन परेको कारण उनी हृदयदेखि बोल्ने बताएका छन्। मेक अमेरिका ग्रेट अगेन एक अद्भुत नारा हो र म ट्रम्पलाई भेट्न चाहन्छु, उनले भनेका छन्।

मलिक इबोङ्गो ओबामा पेशाले एकाउन्टेन्ट हुन्। बाराक ओबामा राष्ट्रपति हुँदा उनी ह्वाइट हाउस पनि गएका थिए। तर, पछि उनीहरुको सम्बन्ध चिसियो।

मलिक ओबामाले सन् २०२२ मा एक सामाजिक सञ्जाल पोस्टमा लेखेका थिए, ‘म बराक ओबामाको राष्ट्रपतिकालमा उनीसँगै बसें तर पछि थाहा पाएँ कि उनी स्वार्थी थिए।

मलिक ओबामाले यसअघि बराक ओबामामाथि धेरै गम्भीर आरोप लगाएका थिए। यी मध्ये एक आरोपमा मलिकले बराक ओबामा अमेरिकामा जन्मिएका नभई केन्याका नागरिक भएको दाबी गरेका थिए।

आफ्नो दावीको समर्थनमा मलिक ओबामाले ओबामाको नक्कली जन्म प्रमाणपत्र पनि पेश गरेका थिए। मलिक ओबामाले बारम्बार सामाजिक सञ्जालमा दक्षिणपन्थी विचारहरू पोस्ट गर्छन् र समलिङ्गी विवाह र गर्भपतनको आलोचना गर्ने गरेका छन्।

 

सम्बन्धित समाचार

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०८१ भाद्र २१, १५: १६

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०८१ भाद्र २१, १५: १६

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...

धनुषामा श्रीमान्–श्रीमती मृत फेला
धनुषामा श्रीमान्–श्रीमती मृत फेला
  • २०८१ भाद्र २१, १५: १६

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...