श्रीलंकाको राष्ट्रपति निर्वाचनः दिसानायके अगाडि, विक्रमासिंगे तेस्रो स्थानमा – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

श्रीलंकाको राष्ट्रपति निर्वाचनः दिसानायके अगाडि, विक्रमासिंगे तेस्रो स्थानमा

कोलम्बो। श्रीलंकाको राष्ट्रपति निर्वाचनको पछिल्लो नजिता अनुसार जनाथा विमुक्ति पेरामुना पार्टीका अनुरा कुमारा दिसानायकेले ५२ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा अगाडी रहेका छन्।

समागी जना बालावेगया पार्टीका साजिथ प्रेमादसाले २३.९ प्रतिशत मत प्राप्त गरेका छन् भने वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घेले १६.८ प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

सन् २०२२ मा भएको आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोडेपछि श्रीलंकामा शनिबार पहिलो पटक राष्ट्रपति निर्वाचन भएको हो। त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाको अन्तरिम राष्ट्रपति बनेका थिए।

शनिबार देशभरका १३ हजार १३४ मतदान केन्द्रमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणमै निर्वाचित हुन कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था छ।

मतदान गर्दा मतदाताले उम्मेदवारलाई पहिलो दोस्रो र तेस्रो प्राथमिकतामा चयन गर्नुपर्ने हुन्छ। शुरुमा पहिलो प्राथमिकताको उम्मेदवारको मत गणना हुन्छ। सो गणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत प्राप्त नगरेमा पहिलो प्राथमिकतामा बढी मत ल्याउने दुई उम्मेदवारको मात्र दोस्रो प्राथमिकताको मत गणना गरिन्छ।

तर पहिलो चरणमा बाहिरिएका उम्मेदवारले दोस्रो चरणको मत गणनामा कुनै शिर्ष दुई उम्मेदवार मध्ये एक;लाई समर्थन गर्न चाहेमा उनले दोस्रो प्राथमिकतामा पाएको मत समर्थन प्राप्त उम्मेदवारको पक्षमा गणना हुने व्यवस्था रहेको छ।

श्रीलंकामा राष्ट्रपतिको कार्यकाल ५ बर्षको हुने र बढीमा दुई कार्यकाल राष्ट्रपति बन्न सकिने व्यवस्था रहेको छ।

सम्बन्धित समाचार

आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
  • २०८१ आश्विन ६, १३: ३२

काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ आश्विन ६, १३: ३२

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८१ आश्विन ६, १३: ३२

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...