
डडेल्धुरा। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् आयोजना बन्ने भइसकेको बताएका छन्।
गृह जिल्ला डडेल्धुरा पुगेका पूर्वप्रधानमन्त्री देउवाले विहीबार कार्यकर्ताहरुसँग भने ‘भारतले पश्चिम सेती बनाउन लागेको छ यो योजना बने राम्रो हुन्छ।
‘पश्चिम सेती अब इन्डियाले बनाइदिने भन्या छ, त्यो धेरै राम्रो हो। करिब करिब बन्ने भइसकेको छ। पश्चिम सेती बन्यो भने त हामीलाई सजिलो हुन्छ’ उनले भने।
बुधबार नवदुर्गा गाउँपालिका–१, चौरा र भागेश्वर गाउँपालिका–४, बगरकोट पुगेका देउवाले ग्रामिण क्षेत्रमा सडकहरू भएपछि निकै सहज भएको बताएका थिए।
देउवाले भने, ‘प्रजातन्त्रका लागि लड्दा, भनौँ २०४८ सालको चुनावमा म उम्मेदवार हुँदा हिँडेरै सबैको घरघर पुगेको हुँ। धेरैलाई चिन्थेँ। अहिले त गाउँमा कोही रहेनन्। त्यो बेला गाउँमा रेडियो पनि कोही कोहीसँग मात्रै हुन्थ्यो। खानेपानीको साह्रै समस्या थियो। ओहो ! अहिले त धेरै गाउँमा खानेपानी, सडक पुगेको छ। सञ्चार जगतको विकास भएको छ। अझै सडक चौडा पारेर कालोपत्रे गर्छु।’
यस्तै देउवाले अजयमेरु गाउँपालिका–१, पुइलेकमा हवाई मैदान निर्माणका लागि सम्भाव्यता सर्भे भएको र अब ‘डिटेल सर्भे, डिटेल डिजाइनिङ’ गरिने बताए। यी दुई वटै सर्भे भएपछि बजेट ल्याउने उनले बताए।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...