
मस्को। रुसी अदालतले श्रम इजाजतबिना काम गरेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला (डिपोर्ट) गर्ने आदेश दिएको छ।
ती विद्यार्थीहरूलाई मस्कोबाट ६० किलोमिटर टाढा रहेको शाखा रवाहस्थित डिपोर्टेशन सेन्टरमा राखिएको छ।
विद्यार्थी भिसामा रुस पुगेका उनीहरूले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै रुसका अध्यागमन अधिकारीहरूले कात्तिक १४ गते मस्कोको कुजमिन्कीस्थित वान एक्स बेट नामक जुवा खेलाउने कम्पनीबाट पक्राउ गरेका थिए। तीमध्ये १२ जना महिला विद्यार्थी रहेका छन्।
गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार ती विद्यार्थीहरूले विश्वविद्यालयबाट पढिरहेको प्रमाणपत्र र कामको लागि आवश्यक करारपत्र प्रस्तुत गर्न नसकेकाले अदालतले डिपोट गर्ने फैसला गरेको हो।
तिमल्सिनाले भने, ‘विद्यार्थी भिसाले बस्ने अनुमति भए पनि काम गर्न छुट छैन। काम गर्न श्रम इजाजत र कम्पनीसँगको करारपत्र अनिवार्य छ। यी कागजात भए, डिपोर्ट रोक्न कानुनी प्रक्रिया थाल्न सकिन्थ्यो।’
ती विद्यार्थीहरू तीन महिनादेखि डेढ वर्षअघि रुस पुगेका थिए। तर, श्रम यिम उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको छ। यस फैसलासँगै उनीहरूले पाँच वर्षसम्म रुसमा प्रवेश गर्न पाउने छैनन्।
काठमाडौं : नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएका दुःखद घटना र त्यसपछिको तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक...
काठमाडौं : स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति...
काठमाडौँ । नेपालमा पाटेबाघ (रोयल बंगाल टाइगर) को अनुमानित संख्या बढेर ४२९ पुगेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले...