रुसमा पक्राउ परेका १२ महिलासहित ३४ नेपाली विद्यार्थीलाई अदालतद्वारा देश निकालाको आदेश – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

रुसमा पक्राउ परेका १२ महिलासहित ३४ नेपाली विद्यार्थीलाई अदालतद्वारा देश निकालाको आदेश

मस्को। रुसी अदालतले श्रम इजाजतबिना काम गरेको आरोपमा ३४ जना नेपाली विद्यार्थीलाई देश निकाला (डिपोर्ट) गर्ने आदेश दिएको छ।

ती विद्यार्थीहरूलाई मस्कोबाट ६० किलोमिटर टाढा रहेको शाखा रवाहस्थित डिपोर्टेशन सेन्टरमा राखिएको छ।

विद्यार्थी भिसामा रुस पुगेका उनीहरूले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै रुसका अध्यागमन अधिकारीहरूले कात्तिक १४ गते मस्कोको कुजमिन्कीस्थित वान एक्स बेट नामक जुवा खेलाउने कम्पनीबाट पक्राउ गरेका थिए। तीमध्ये १२ जना महिला विद्यार्थी रहेका छन्।

गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार ती विद्यार्थीहरूले विश्वविद्यालयबाट पढिरहेको प्रमाणपत्र र कामको लागि आवश्यक करारपत्र प्रस्तुत गर्न नसकेकाले अदालतले डिपोट गर्ने फैसला गरेको हो।

तिमल्सिनाले भने, ‘विद्यार्थी भिसाले बस्ने अनुमति भए पनि काम गर्न छुट छैन। काम गर्न श्रम इजाजत र कम्पनीसँगको करारपत्र अनिवार्य छ। यी कागजात भए, डिपोर्ट रोक्न कानुनी प्रक्रिया थाल्न सकिन्थ्यो।’

ती विद्यार्थीहरू तीन महिनादेखि डेढ वर्षअघि रुस पुगेका थिए। तर, श्रम यिम उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको छ। यस फैसलासँगै उनीहरूले पाँच वर्षसम्म रुसमा प्रवेश गर्न पाउने छैनन्।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८१ मंसिर २, १५: ५३

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०८१ मंसिर २, १५: ५३

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०८१ मंसिर २, १५: ५३

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...