
काठमाडौं। कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगर्ने भनी घोषणा गरेको नेकपा माओवादी केन्द्रले दुइवटा दलसँग आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा तालमेल गर्ने भएको छ।
जसअनुसार माओवादीले कीर्तिपुरमा उठाएका मेयरका उम्मेदवारलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जनता समाजबादी पार्टीसँग तालमेल गरेको हो।
कीर्तिपुरको मेयर पदका लागि नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन्।
नेकपा एकीकृत समाजवादी र जसपासँग तालमेल गरेको माओवादीले महर्जनलाई उम्मेदवार बनाएको हो।
शनिवार माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको मेयरमा माओवादी र काठमाडौं महानगरपालिका–१६ को वडाअध्यक्षमा नेकपा एसलाई उठाउने सहमति गरेपछि सो स्थानमा महर्जन तालमेलका उम्मेदवार भएका हुन्।
सो द्विपक्षीय सहमतिअनुसार अब कीर्तिपुरको मेयरमा माओवादीका महर्जनलाई नेकपा एसले सघाउनेछ भने नेकपा एसले काठमाडौं– १६ मा उठाएका वडाध्यक्ष उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ।
कीर्तिपुरको वडा नम्वर–१को वडाध्यक्षमा भने माओवादीले जसपाका सरल महर्जनलाई सघाउने भएको छ, जसका कारण माओवादीका अष्टमान महर्जन उम्मेदवारी दिएनन्।
उनले पार्टीको तालमेल नीति स्विकार भएको भन्दै जसपा उम्मेदवारलाइ सघाउने भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन्।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...