पत्रकारहरुले मानव सेवाघरमा खाद्यान्न वितरण गरे – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

पत्रकारहरुले मानव सेवाघरमा खाद्यान्न वितरण गरे

लाइन्स क्लब अफ नेपाल जर्नालिष्टमा आवद्ध पत्रकारहरुले मानव कल्याण समाज सेवा घरका छोराछोरीहरुलई आवश्यक खाद्यान्न तथा विभिन्न जाडोमा लत्ता कपडाका साथै अन्य लोसनहरु वितरण गरेका छ । लायन्स आफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्क ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिष्टले विभिन्न समयमा मानव सेवाका कार्यहरु गर्दै आएको छ । जसअनुसार कोराना महामारीमा पनि संचाकर्मीहरुलाई ग्यास, तथा खाद्यान्न सामानहरु वितरण गरेको थियो । तयसैगरी समुदायिक स्कुलअन्तर्गत भिमढंगाको बालबोध मावि, भिमढंगाको थाप्लेमा रहेको महेशनारायण आधारभूत निम्न माध्यमिक विद्यालयमा स्कुल व्याग, स्टेशनरी खाजा, स्कुल ड्रेस जुत्ता विस्कुट लगायत सामग्रीहरु वितरण गरेको थियो ।


यस वर्ष लाइन्स क्लब अन्तर्राष्ट्रिका संस्थापक आदरणीय व्यक्ति मेल्भिन जोन्सको यही जनवरी १३ तारिखका दिन जन्मोत्सव मनाउने कार्यक्रम अन्तर्गत जर्नालिष्ट क्लबले खाद्य सामग्रीहरुमा चिउरा, विस्कुट, दालमोठ, भुजियाका साथै दुधे बालखहरुका लागि ल्याक्टोजिन दुध, ड्राइपर लगायतका सामग्री हस्तान्तरण गरेको छ ।

ढकालले मनाइन् जन्मोत्सव मानव सेवा घरका छोराछोरीसँग
जर्नालिष्ट क्लबका फष्ट भ्वाइस प्रिन्सिडेन्ट रिता ढकाल दवाडीको शुभजन्मोत्सव सोही दिन परेकाले आफ्नो जन्म दिन मानवसेवा घरका छोराछोरीसँगै मनाउने गर्नुभएकाले उहाँबाट जाडोको लागि आवश्यक पर्ने लोसन, गिल्सिरिङ नङ काट्ने नैनी, ह्याण्डवास, भ्यासलिन जस्ता सामग्री हस्तान्तरण गर्नुभएको थियो । जर्नालिष्ट क्लबले यसरी मानव सेवा घरमा यस्ता समग्री वितरण गर्दै आएको यो तेस्रो पटक हो र, फष्ट भ्वाइस

प्रेन्सिडेन्ट रिता ढकाल दवाडीले सोही घरमा गएर आफ्नो जन्मोत्सव मनाएको दोस्रो वर्ष हो । उक्त सामान हस्तान्तरण कार्यक्रमा जोन चियर पर्सन लायन दामोदरप्रसाद दवाडी, डिस्ट्रिक अफिसर लायन नेत्रप्रसाद न्यौपाने, क्लब प्रिन्सिडेन्ट लायन प्रविण कुमार चौधरी, फस्ट भ्वाइस प्रिन्सिडेन्ट लायन रिता ढकाल दवाडी, कोषाध्यक्ष सन्तोष कुमार नेपाल, सहकोषाध्यक्ष कशिस्मा श्रेष्ठ, क्लब डाइरेक्टर देवराज प्रसाईंको उपस्थिति रहेको थियो ।


त्यसैगरी समाजसेवी शान्ति दवाडी, सुदिन दवाडी पनि सोही कार्यक्रममा उपस्थित भएर छोराछोरीहरुलाई शान्त्वना प्रदान गर्नुभएको थियो । समाजसेवी कौशिला थापाले स्व. श्रीमान् अर्जुन थापाको नाममा बालघरका बालबालिकाहरुलाई चामल, दाल हस्तान्तरण गर्नुभएको थियो ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०८१ पुष २३, ११: ५०

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०८१ पुष २३, ११: ५०

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०८१ पुष २३, ११: ५०

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...