गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

गोकर्णेश्वरका ३ वडामा बर्ड फ्लु पुष्टि, नगरपालिकाद्वारा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सर्वसाधारण र कृषकलाई आग्रह गरेको छ ।

नगरपालिकाले सोमबार सूचना जारी गर्दै संक्रमित क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छी, अण्डा तथा दाना सुरक्षित रूपमा नष्ट गरी संक्रमण नियन्त्रणको काम तीव्र बनाइएको जनाएको हो । संक्रमित क्षेत्रलाई निसंक्रमण गर्ने कार्यसमेत जारी रहेको जनाइएको छ ।

रोग फैलिन नदिन पन्छी फार्ममा अनावश्यक व्यक्ति तथा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ । प्रवेश गर्नै परे अनिवार्य रूपमा निसंक्रमण गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै, एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग नगर्नुपर्ने र फार्मको प्रवेशद्वारमा चुना वा निसंक्रामक औषधि राखिएको फुटबाथ अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाले खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न कृषकहरूलाई आग्रह गरेको छ । साथै, फार्म परिसरमा कुकुर, बिरालो र मुसाजस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई सुरक्षित रूपमा खाल्डोमा गाड्न समेत भनिएको छ ।

पन्छीजन्य उत्पादन ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने तथा मासु र अण्डाजन्य पदार्थ राम्रोसँग पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सूचित गरिएको छ । ठूलो संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा जानकारी गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
आज विश्व हेपाटाइटिस दिवस : जनचेतना, परीक्षण र उपचारमा पहुँच विस्तारको आवश्यकता
  • २०८३ जेष्ठ १२, १२: १५

काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
  • २०८३ जेष्ठ १२, १२: १५

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...

११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०८३ जेष्ठ १२, १२: १५

काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...