
काठमाडौं । आइतबार थप २०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार ९ सय ९५ जनाको पीसीआर र २ हजार ७ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा २०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएको हो ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार १८४ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको हो ।
गत २४ घण्टामा थप १ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने ४३६ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपाल हालसम्म ८ लाख ४ हजार ५४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ६ हजार १६३ जना होम र ३४४ जना संस्थागत आइसोलेसनमा रहेको बताइएको छ ।
त्यस्तै संक्रमितमध्ये १०७ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...