थप १८१ जनामा कोरोना संक्रमण पुष्टि, २८९ जना संक्रमणमुक्त – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

थप १८१ जनामा कोरोना संक्रमण पुष्टि, २८९ जना संक्रमणमुक्त

coronavirus

काठमाडौं । आइतबार थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ४८३१ पीसीआर परीक्षणमा ५०४१ एन्टिजेन परीक्षणमा गरी कुल ९८७२ जनाको परीक्षणमा १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

गत २४ घण्टामा २८९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन भने कोरोना संक्रमणबाट हालसम्म देशभर ८ लाख ८ हजार ८९२ संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथांक अनुसार गत २४ घण्टामा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।

सम्बन्धित समाचार

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि स्वदेशमै उत्पादन गर्ने सरकारको तयारी
  • २०७८ पुष ४, १७: ४५

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...

११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लु संक्रमण, विभागद्वारा उच्च सतर्कता अपनाउन आग्रह
  • २०७८ पुष ४, १७: ४५

काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...

नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै
नेपालमा विभिन्न कार्यक्रमसहित अन्तरराष्ट्रिय योग दिवस मनाइँदै
  • २०७८ पुष ४, १७: ४५

काठमाडौं, असार ७ । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालमा पनि अन्तरराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै...