
काठमाडौं । आइतबार थप १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ४८३१ पीसीआर परीक्षणमा ५०४१ एन्टिजेन परीक्षणमा गरी कुल ९८७२ जनाको परीक्षणमा १८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
गत २४ घण्टामा २८९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन भने कोरोना संक्रमणबाट हालसम्म देशभर ८ लाख ८ हजार ८९२ संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथांक अनुसार गत २४ घण्टामा थप १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ७३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको छ ।
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...
काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...