हामीले संस्थागत र मेलमिलाप भ्रष्टाचार व्यापक रुपमा देखिरहेको छौं – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

हामीले संस्थागत र मेलमिलाप भ्रष्टाचार व्यापक रुपमा देखिरहेको छौं

त्रिलोचन भट्ट — मुख्यमन्त्री प्रदेश नं. ७

नेपालको नयाँ संविधानको पूर्ण कार्यान्वयन गर्ने जिम्मेवारी पाएको नेपाली काँग्रेसको नेतृत्वमा भएको प्रदेशसभा र संघीय सभाको निर्वाचनपछि वामगठबन्धनको दलहरुले प्रदेश सरकारदेखि संघीय सरकार समेत गठन गरीरहेका छन् । ७ प्रदेशमानै काँग्रेस प्रतिपक्षी भएर बस्न बाध्य भएको छ । त्यसैले आउने दिनहरुमा प्रदेशसभा र संघीय संसदमा काँग्रेसको भूमिका कस्तो रहने निर्वाचनबाट पराजय भएको काँग्रेस दूवै संसदमा कसरी प्रस्तुत हुँदैछ, त्यो भने हेर्न बाँकी नै छ । भर्खरै निर्माण भएको प्रदेश सरकारका मुख्य मन्त्रीहरुले कसरी प्रदेशसभा सञ्चालन गरिरहेका छन् ।

प्रतिपक्षी काँग्रेस र सत्तापक्षको संसदीय अभ्यासमा कस्तो राजनैतिक सँस्कृतिको विकास भईरहेको छ ? यस्तै समसामहिक विषयमा केन्द्रदेखि प्रदेशसम्म नयाँ बिकल्पको साप्ताहिकको ध्यान केन्द्रीत छ । त्यसैले हामीले यो अंकमा प्रदेश नं ७ मा मुख्यमन्त्री त्रिलोचन भट्टसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादीत अंश ः

प्रदेश नं. ७ को मन्त्री मन्त्रीमण्डल विस्तार गर्नुुभयो नि होइन ?
हो, हाम्रो पहिलो बैठकमा नै मन्त्रिमण्डल गठन भैसकेको थियो । त्यसमा कुनै विमती भएको थिएन । हामीले पहिलेनै गठबन्धनबीच समझदारी गरेर सरकार गठन गरेका हौं ।

तर यति चाडै मन्त्रीहरुको लागि साधन, स्रोतहरुको सुविधा उपलब्ध गराउन सक्नुभयो ?
अहिले हामीसँग जे छ त्यसलाई हामीले प्रयोग गरेका छौं । हामी पहिलो चोटी संघीयता गैराखेका छौं । केही समस्याहरु आउनु स्वभाविक नै हो र यसलाई हामीहरुले अन्यथा मानेका छैनौं । भएका साधन, स्रोतहरुलाई नै उपयोग गरी सरकार अगाडी बढेको छ ।

तर केन्द्रीय सरकारले सवारी साधन उपलब्ध गराउन सकेको छैन् भन्छन् नि हो ?
हो, आउनुपर्ने गाडीहरु त आएका छैनन् हामीहरुले काम चलाउ गरी राखेका छौं । हामीले गाडीको माग गरेका छौं । आशा छ चाँडै आउँछ केन्द्रीय सरकारले चाडै पठाउँछ होला भन्ने लाग्छ ।

त्यसोभए प्रदेशमा संसदको बैठक धमाधम सुचारु भैरहेको छ त ?
छ, संसदको बैठक भैरहेको छ । बीचमा हाम्रो केही व्यवस्था मिलाउनको लागि रोकिएको थियो । विश्वासको मत यही २१ वा २२ गते लिने तयारी भैईरहेको छ । त्यसमा समस्या केही आउँछ जस्तो लाग्दैन ।

प्रदेश नं. ७ लाई समृद्धि र सम्पन्नताको नमूना बनाउँछु भन्नुभएको छ, कत्तिको सम्भव छ ?
केही समस्याहरु स्वाभाविक रुपमा छन् नै । चुनौतिहरु पनि छन् तर मलाई लाग्छ, हामी चुनौतीको सामना गरेर सम्भावनाको बाटोमा अगाडी बढ्न सक्छौ, त्यस विषयमा मैले छलफल पनि गरिरहेको छु । हाम्रो विकासको योजनाहरु के हुने र हामीले प्रदेश नं. ७ लाई विकासको गतिलाई कसरी अगाडी बढाउने भन्ने कुरामा पनि छलफल अगाडी बढाएका छौं र अब हाम्रो संघीय प्रदेशको बजेट जुन आउँछ, त्यसमा पनि हामी नयाँ तरिकाले र नयाँ सोंचको साथ नयाँ सम्भावनाहरुलाई खोज्दै अगाडी बढ्नेछौं । त्यसको लागि हामी तयार छौं र जसरी हामी पहिलो चोटी संघीयतामा प्रवेश गरेका छौं, नयाँ ऐन, कानुन बनाउनुपर्ने लगायतका नयाँ बाटो कोरेर अगाडी बढ्नुपर्छ भन्ने लाग्छ । जनताको आशा, भरोसा र अपेक्षा पनि यही छ । किनभने लामो सङ्घर्षपछि जनताले यो संघीयता प्राप्त गरेका हुन् । यसमा जनताको आफ्ना मागहरु छन्, आफ्नो इच्छा, आकाङ्क्षाहरु छन् र त्यो बढेर गएका छन्, त्यो हामी पूरा गर्न सक्छौं । तर मलाई लाग्छ हामी त्यसलाई पुरा गर्नको लागि एकैचोटी धेरै गर्न नसकेपनि सुरुवात गर्छौ र जनताले पनि त्यसलाई बुझ्छन् भन्ने लाग्छ । विगतदेखि पिछडिएको क्षेत्रको विकासको गतिलाई बढाउनको लागि यहाँको आम समुदायको पनि त्यसलाई साथ रहन्छ भन्ने आशा छ र मलाई के लाग्छ हामी केही न केही सानो कामबाट सुरुवात गर्छौ ।
विकास सबै ठाउँमा हुन्छ । समानुपातिक रुपबाट विकास हुन्छ । दूरदराजका जनताले पनि विकासको अनुभुति गर्न पाउँछन् । मैले भनिहाले विगतदेखि पिछडिएको क्षेत्रहरुमा उपेक्षित, उत्प्रेरीतमा परेका क्षेत्रहरुको विकास एकैचोटी गर्न नसके पनि, चमत्कारै गरेर देखाउन नसके पनि कमसेकम जनताले विकासको अनुभूती गर्न पाउने खालको योजनाहरु पक्कै ल्याउँछौ । हाम्रो मुलुकमा संघीयता लागु भैसकेपछि प्रदेश सरकारले अनुभूति हुने गरी कामको सुरुवात गर्छ ।

त्यसोभए तपाईले भन्नुभएको जस्तो कुशासनको अन्त्य भई सुशासनको सुरुवात हुन्छ त ?
सुशासनको सम्बन्धमा मैले सबैभन्दा धेरै ध्यान दिएको छुु किनभने अहिलेको आवश्यकता अनुसार जनताले चाहे अनुसार शासन व्यवस्थालाई मजबुत पारेर जनताले सजिलो, सहज र छिटो तरिकाले सेवा पाउन भन्ने कुरामा मेरो एकदमै ध्यान गएको छ । म त्यसमा लागि परेको पनि छु र हामी तत्काल त्यो ऐन र कानुन पनि ल्याउने योजनामा छौं । केही चिज संघीय सरकारसँग जोडेका हुन्छन्, त्योसँग मिलाउनुपर्ने हुन्छ र केही प्रदेशलेनै गर्नुपर्ने कुराहरु छन्् । अहिले जसरी तीनवटै तहका सरकार गठन भैसकेपछि, तीनवटै तहमा कार्यालय स्थापना भैसकेपछि जनताले स्वभाविक रुपबाट थप राम्रो र नजिकबाट शासन व्यवस्थाको अनुभूति गर्न पाउनुपर्छ भन्ने कुरा जनताको चाहना हो । त्यस चाहना अनुसार गर्नुपर्ने नै मेरो जोड छ । मैले त्यो वि